KFGVRFI34

करिब २५/२६ वर्ष उमेरका पुरुष टाउको नभएको अबस्थामा शव फेला,

0

कपिलवस्तु नगरपालिका–४ स्थित पिपरी गाउँदेखि दक्षिणतिर गहुँखेतको बीचमा रहेको कुलोमा जमिनमा गाडिएको अवस्थामा टाउको नभएको शव फेला परेको छ ।

हत्यारा सार्वजनिक नगरेसम्म शव नउठाउने अडान

आइतबार साँझ ६ बजेतिर कोदहवा चोकदेखि करिब ५ सय मिटर दक्षिण कुलोमा घुँडाको थोरै भाग देखिएको शव स्थानीयले देखेका थिए । त्यसपछि वडा अध्यक्ष रवीन्द्र तिवारीलाई खबर गरेपछि उनले प्रहरीलाई जानकारी दिएका थिए । प्रहरी तत्कालै घटनास्थल आएर खनेर हेर्दा घुँडाको भाग देखिएको थियो ।

 

करिब २५/२६ वर्ष उमेरको भएको अनुमान गरिएको पुरुषको हत्या गरिएको ठाउँ र गाडिएको ठाउँ करिब २५० मिटर फरकमा छ । करिब आधी मिटर गहिरो खाल्टो खनेर शव पुरिएको थियो । शरीर र यौनांगका कतिपय भाग जलेको अवस्थामा रहेको छ । पुरुषले सट र ज्याकेट लगाएको पाएको छ । तलको भागमा कपडा छैन । टाउको भने अझै फेला परेको छैन । घटना प्रकृति र शव हेर्दा ३ दिन भएको हुन सक्ने अनुमान गरिएको छ ।

मृतकको अझैसम्म पहिचान खुलेको छैन । घटनास्थलमा बुटवलबाट तालिम प्राप्त ककुरसहित प्रहरी टोली परिचालन गरेर अनुसन्धान थालेको छ । शव पोर्स्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34