KFGVRFI34

हिमपात हुदा किसानहरुलाई राहत पुग्ने,

0

हुम्ला, फागुन ८ गते सोमबार रातीबाट जिल्लामा हिमपात सुरु भएपछि किसानहरुलाई राहत पुग्ने भएको छ ।  कात्तिक महिनामा छरेको जेठासी बाली ( जौ, गहुँ र उवा उम्रेर पनि सुक्न थालेको समयमा बाक्लो हिमपात भएपछि  किसानहरु खुसी  भएका छन् ।

हिँउ खेल्न दोलखामा पर्यटकको घुइँचो, पहिलो रोजाइ कालिञ्चोक « प्रशासन

 

सिमकोट गाउँपालिका– ५ की किसान नन्दकली रावतले ढिलो गरी परेको हिमपात किसानका लागि सुन बराबर मुल्यवान भएको बताउनुभयो । उहाँले जेठासी बाली कतै नउम्रेको त कतै उम्रेर पनि खडेरीले सुक्न थालेको बेला  हिमपात भएपछि अब जेठासी बाली जोगिने बताउनुभयो । गत माघमा थोरै परेको हिउँले खासै फरक नपरेको बताउँदै रावतले बाक्लो हिमपात भएका कारण किसानका लागि बरदान सावित भएको बताउनुभयो ।

खार्पुनाथ गाउँपालिका– ४ का किसान बबरजङ्ग हमालले जेठासी बाली मात्र नभएर कात्तिके बाली छर्ने, खनजोत गर्ने समय सुरु हुन थालेको कारण पनि यो हिमपात किसानका लागि निकै उपयोगी भएको बताउनुभयो । उहाँले नयाँ बोटबिरुवा लगाउने समय सुरु भएको कारण खाल्डो खन्न सजिलो र बिरुवा लगाएपछि खाल्डोमा हिउँ भर्न पनि सहज भएको बताउनुभयो । हिमपात जारी रहेको कारण जमिनमाथि एक फिट हिउँ जमिसकेको छ । चिसो पनि निकै बढेको छ । स्थानीयलाई पशुवस्तु गोठ बाहिर निकाल्न सकिने अवस्था छैन भने चिसोले बरफ जमेको कारण धारामा पानी आउन छोडेको छ । हिमपात जिल्लाभर भइरहेको भए पनि उत्तरी नाम्खा गाउँपालिकामा दुई फिट हिउँ जमेको खबर प्राप्त भएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34