KFGVRFI34

नेपालमा भारतबाट वार्षिक करीब ६अर्ब ८२ करोड प्याज आयात हुँदै आएको थियो-प्याज निर्यातमा लगाएको प्रतिबन्ध मार्च ३१ सम्म नै रहने ,

0

 

भारतले प्याज निर्यातमा न्यूनतम मूल्य तोक्यो - नेपाल लाइभ :: नेपाल लाइभ ::  Nepal Live - Independent Digital Media

केही दिनअघि भारत सरकारले नेपाल, बंगलादेश, श्रीलंका, मौरिसस, बहराइन र भुटानमा निश्चित कोटासम्म प्याज निर्यात खुला गरेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका थिए।

यी खबर आएसँगै प्रतिबन्ध कायम राखेर किसानलाई मर्कामा पारेको र व्यापारीलाई पोसेको भन्दै  भारतका अन्य दलले सरकारलाई आरोप  लगाइरहेका थिए।

यससँगै भारतको केन्द्र सरकारले प्याजमा लगाइएको प्रतिबन्ध मार्च ३१ सम्म कायमै रहने स्पष्ट पारेको छ। उपभोक्ता मामिला सचिव रोहित कुमार सिंहले यस्तो प्रतिबन्ध कायमै रहेको भारतीय सञ्चारमाध्यम विजनेशलाइनलाई उल्लेख गरेका छन्।

भारतले सन् २०२३ डिसेम्बर ८ देखि प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतमा ४ लाख ३२ हजार हेक्टरमा प्याज खेती गरिएको छ। करिब ८६ लाख टन प्याज उत्पादन हुने अनुमान गरिएको छ। प्रतिबन्ध कायमै रहेमा प्याजको मूल्य थप घट्ने र किसान मर्कामा पर्ने भन्दै अन्य दलले विरोध गरिरहेका हुन्।

नेपालमा भारतबाट वार्षिक ६ अर्ब ७५ करोड बराबरको ताजा प्याज र ७ करोडको सुकाएको प्याज आयात हुँदै आएको थियो।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34