KFGVRFI34

बलिउडका कलाकारहरूका बारेमा एस्तो सम्म सुन्न पाइयो ,के साचो होला त ?

0

सामान्यतया मानिसहरू आगो अथवा पानीदेखि डराउँछन्। तर बलिउडका केही कलाकारहरू खानेकुरा र सिलिङ पंखादेखि पनि डराउँछन्। जुन कुरा सुन्दा तपाईंहरूलाई अचम्म लाग्न सक्छ।

हामीले बलिउडका सात जना कलाकारहरू के-के सँग डराउँछन् भनेर चर्चा गरेका छौं।

अजय देवगन

बलिउड अभिनेता अजय देवगनलाई लिफ्टदेखि डर लाग्छ। उनले एउटा घटनापछि लिफ्टमा ओहोरदोहोर गर्न असहज लाग्ने बताएका छन्।

अजयले उक्त घटनालाई स्मरण गर्दै भनेका छन्, ‘केही वर्ष पहिले जब म दुई जनासँग लिफ्टमा थिएँ, एक्कासी त्यो बिग्रियो। र तीव्र गतिमा तेस्रो तल्लाबाट भुइँ तल्लामा खस्यो। तर कोही पनि गम्भीर घाइते भएनन्। हामी करिब १ घण्टासम्म त्यहाँ फसेका थियौं। त्यस बेलादेखि म लिफ्टमा चढ्न असहज महसुस गर्छु।’

 

दीपिका पादुकोण

अभिनेत्री दीपिका पादुकोणलाई सर्पदेखि डर लाग्छ। उनी सर्प विषालु, आक्रमण गर्ने स्वभावका र मानिसको ज्यान लिनसक्ने भएकाले सर्पदेखि डर लाग्ने बताउँछिन्।

अर्जुन कपूर

बलिउड अभिनेता अर्जुन कपूरलाई सिलिङ पंखा देखेर डर लाग्छ। उनले एक अन्तर्वार्तामा बोल्दै आफ्नो घरको सिलिङमा पंखा नभएको खुलासा गरेका थिए।

कट्रीना कैफ

बलिउड अभिनेत्री कट्रीना कैफ खानेकुरासँग डराउँछिन्। उनले ‘जिन्दगी ना मिलेगी दोबारा’ मा सबैभन्दा ठूलो डरको सामना गर्नुपरेको थियो। फिल्मको ला टोमाटिना फेस्टिभलमा सहभागी हुँदा उनको अवस्था बिग्रिएको थियो। त्यसकारण उनलाई टमाटर (गोलभेडा) सँग डर लाग्ने बताउँछिन्। त्यसैले उनले टमाटो केचप ब्रान्डको विज्ञापन गर्न समेत अस्विकार गरेकी थिइन्।

आमिर खान

अभिनेता आमिर खान मृत्युदेखि डर लाग्ने बताउँछन्। फिल्म ‘दंगल’ को प्रचारको क्रममा उनले आफूलाई मृत्युसँग डर लाग्ने बताएका थिए।

रणवीर कपूर

रणवीर कपूरलाई माकुरो र साङ्लोसँग डर लाग्छ।

सोनम कपुर 

बलिउड अभिनेत्री सोनम कपूर मल र एयरपोर्टहरूको लिफ्टसँग डराउँछिन्। एकपटक फिल्मको सुटिङ लिफ्टमा गर्ने भनिएको थियो। त्यसबेला एउटा सटको लागि करिब ५ घण्टा लागेको थियो। त्यसबेला देखि उनलाई लिफ्टसँग डर लागेको बताउँछिन्।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34