KFGVRFI34

नेपाल नेदरल्यान्ड्ससग ८ विकेटले पराजित ,

0

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालमाथि नेदरल्यान्ड्सले जित हात पारेको छ।

आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाललाई नेदरल्यान्ड्सले ८ विकेटले पराजित गरेको छ।

नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेदरल्यान्ड्सको जितमा विक्रमजित सिंहले नटआउट ५८ रन र साइबन्ड एंगलब्रेटले नटआउट ४६ रन जोडे।  उनीहरूबीच तेस्रो विकेटका लागि १०२ रनको साझेदारी भयो।

आक्रामक सुरूवात गरेको नेदरल्यान्ड्सले नवौं ओभरमा पहिलो विकेट गुमायो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिटलाई ३९ रनमा बोल्ड गरेका थिए। उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

यस्तै अर्का ‌ओपनर म्याक्स ओ’डाउद २८ रन जोडेर आउट भए। उनलाई नेपालका ललित राजवंशीले विकेटकिपर आसिफ शेखबाट स्टमपिन गराए।

सिरिजमा नेपालको खराब ब्याटिङ

आइसिसी क्रिकेट विश्वकप लिग-२ को पहिलो सिरिज नेपालले घरेलु मैदानमा खेले पनि चार मध्ये तीन खेलमा पराजित हुन बाध्य भयो।

नेपालले नामिबियासँगका दुवै खेलमा हार बेहोर्‍यो। त्रिवि मैदानमा टस हारेपछि पहिले ब्याटिङ गरेको नामिबियाविरुद्धको पहिलो खेलमा नेपाल १३४ रन र दोस्रो खेलमा  १६८ रनमै अलआउट भएको थियो। त्यहिँ खराब ब्याटिङका कारण नेपालले त्रिवि मैदानमा हार बेहोर्न बाध्य भयो।

यस्तै नेदरल्यान्ड्ससँगको पहिलो खेलमा टस जितेको नेपालले १३७ रनमा अलआउट  गरेको थियो। जुन लक्ष्य नेपालले १ विकेटको क्षतिमा पूरा गर्‍यो।

आइतबार भएको सिरिजको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १७२ रनमै अलआउट भयो। १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले सहजै पूरा गर्‍यो।

पहिले ब्याटिङ गरेका तीनै खेलमा नेपालले २ सय रन पनि कटाउन सकेन। जसका कारण घरेलु मैदानमा खेलिएको सिरिज नेपालका लागि खराब हुन पुग्यो।

पहिलो सिरिज सकिदा नामिबिया ६ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेदरल्यान्ड्सको ४ अंक छ भने नेपाल २ अंकसहित दोस्रो स्थानमा छ।

अब लिग-२ को दोस्रो सिरिजमा युएईले घरेलु मैदानमा स्कटल्यान्ड र क्यानडा प्रतिस्पर्धा गर्दैछ।

यससँगै नेपालको भने सेप्टेम्बरअघि एकदिवसीय खेलका औपचारिक प्रतियोगिता सकिएका छन्। अब नेपालले घरेलु मैदानमै नामिबिया र नेदरल्यान्ड्ससँग टी-२० सिरिज खेल्नेछ‍।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34