सरकारको गोली खाने तर पछि नहट्ने – मिटरब्याजी,लघुवित्त पीडित।
सरकारले मिटरब्याजी पीडितको माग सम्बोधन नगरेसम्म सडक आन्दोलन नरोक्ने बताएका छन् । आईतवार राजधानीमा प्रदर्शनका क्रममा पीडितहरुले सरकारको गोली खानपरे पनि आफूहरु तयार रहेको बताए ।
माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने बताउँदै उनीहरुले सरकारले साहुजीहरुको तमसुक खारेज र बैंकका धितो फिर्ता नगरेसम्म आन्दोलन नरोकिने बताए । पीडितहरुले एक लाख ऋण लिँदा मिटरब्याजीले चार गुणा बढाएर तमसुक बनाएर अदालतमा मुद्दा दायर गरेर घरजग्गा रोक्दा गरेको गुनासो गरे ।
पीडितहरुले साहुको ऋण तिर्न लघुवित्तबाट ऋण लिँदा अझ बढी मर्कामा परेको पनि बताए । उनीहरुले लघुवित्तले पनि दुई लाख ऋण लिँदा ३ वर्षमा बढेर ८ लाख भएको भन्दै ऋण तिर्न टर्चर दिएको गुनासो गरे ।
रौतहटबाट २३ दिन पैदल यात्रा गरेर काठमाडौं आएका सकिम रहिम रायहीमले सरकारले न्याय नदिएसम्म घर नफर्किने योजना रहेको सुनाए । उनले घर फर्कदा साँहुले घरजग्गा रोक्का गरिदिएर सडकको बास रहेको बताए । रहिमले सरकारले तत्काल मिटरब्याजी साहुको १ लाख ऋण लिएको तमसुकमा ४ लाख तमसुक खारेज गर्ने माग रहेको बताए ।
उनले एक लाख लिएको मिटरब्याजीले चार गुणासम्म बढाएको बताउँदै सरकारले पीडितको माग सम्बोधन गर्ने विश्वास रहेको बताए । न्याय पाउने आशाले काठमाडौं आएको रहिमले बताए । उनले पीडितहरु न्याय नपाए मर्न पनि तयार रहेको बताए ।
रहिमले भने, ‘एक लाख लिएको मिटरब्याजीले चार गुणा बनायो । एक लाख लिएको तमशुकमा ४ लाख बनायो । चार लाख बराबरको अदालतमा मुद्दा हालेको छ । घरजग्गा सबै अदालतले रोक्का गरेको छ । साहुको ऋण तिर्न लघुवित्तबाट ऋण लिएको महिलाले त्यसमा पनि पीडित बनायो । लघुवित्तको एक लाख तिरेको छु । तर सबै बाँकी छ भनिरहेको छ । लघुवित्त र साहु माहजनको ऋण बढी रहेको छ । समस्या समाधानको सरकारसँग माग गरिरहेका छौं । समाधान हुने विश्वास छ । सरकारले कति दिनमा न्याय दिने उसैको हातमा छ । माग सम्बोधन नभएसम्म कोही पनि जाँदैन । पीडितहरु मर्न पनि तयार छ ।’
अर्का मिटरब्याजी पीडित परेखी महत्तोले १ लाख १५ हजार ऋण लिएको महाजनबाट त्यसमा ८ लाखको तमसुक बनाएर जग्गा सम्पत्ति रोक्का गरिदिँदा समस्यामा परेको बताए । उनले सम्पत्ति बेचेर ऋण तिर्न समेत नपाएको बताए । महतोले आन्दोलनमा आउँदा मकावानपुरमा कुटपिटमा समेत परेको बताए । उनले सरकारबाट न्याय नपाएसम्म काठमाडौंको सडकमा नै बस्ने बताए ।
महतोले घरमा बसे पनि सडकमा मर्ने अवस्था रहेको भन्दै न्यायको लागि सडकमा नै मर्न तयार रहेको बताए । उनले न्याय नपाएसम्म आन्दोलन नरोक्ने बताउँदै भने, ‘एक लाख १५ हजार ऋण लिएको महाजनबाट त्यसमा आठ लाखको तमसुक बनाएर जग्गा सम्पत्ति रोक्का गरिदियो । बेच्न पनि पाउँदैन । अवस्था गम्भीर भयो । आन्दोलनमा समेत आउँदा मकावानपुरमा आउँदा कुटपिट समेत गर्ने काम भयो । म त्यो पनि पीडित हो । भरतपुर अस्पतालमा भर्ना भएर पीडित भएर आएको हो । सरकारबाट न्याय नपाएसम्म काठमाडौंको सडकमा नै बस्छौं । घरमा बसे पनि सडकमा मर्ने हो यहाँ पनि सडकमा नै मर्न तयार छौँ । न्याय नपाएसम्म आन्दोलन रोकिँदैन ।’
त्यस्तै, महोत्तरीबाट आएकी अर्की मिटरब्याजी पीडित गौरीमाया बराइलीले मिटरब्याजी मात्रै नभएर लघुवित्त र बैंकले दिएरको दबाब बढिरहेको बताइन् । उनले बैंकबाट लिएको तीन लाख ऋणको तीन वर्षमा आठ लाख पुगेको भन्दै बैंकले कि घरखाली गर नभएर चाँबी लगाउने चेतावनी दिएकाले आन्दोलनमा आएको बताइन् ।
बराइलीले घरजग्गा बैंकका भएकाले ऋण तिर्नसक्ने अवस्था नभएको बताइन् । उनले ऋण तिर्न श्रीमान पनि विगत लामो समयदेखि थलामा रहेको बताइन् । बराइलीले सरकारले धितो फिर्ता गरी दिए न्याय पाउने आशाले काठमाडौं आएको बताइन् ।
उनले भनिन्, ‘लघुवित्तबाट ऋण लिएको थिए । बैंकमा धितो छ । बैंकले घरखाली गर नभएर चाबी लगाइदिन्छु । नभए पैसा तिर । ऋण लिएरको ३ लाखमा ५० हजार धरौटी राखेर २ लाख ५० हजार लिएको हो । तीन वर्षमा ८ लाख भयो । तिर्नेकी घरमा चाँबी लगायौं । घरजग्गा बैंकमा छ फिर्ता गर्न माग गर्दा सरकारले सुन्दैन । माग पूरा भएपछि मात्रै फर्कने योजना छ । मरे पनि सरकारले होली हाने पनि सडकमा आन्दोलन गर्नसकेका छौ ।’
बराइलीले पनि सरकारले न्याय दिने आशाले काठमाडौं आएको भन्दै न्याया नपाएसम्म गाउँ नर्फने बताइन् । उनले माग पूरा नभएसम्म सरकारले गोली हाने पनि आन्दोलन जारी राख्ने बताइन् ।