KFGVRFI34

पाठेघर संमन्धि समस्या भएका महिलाहरुको अप्रेसन निशुल्क- पृथ्वीचन्द्र जिल्ला अस्पताल

0

नवलपरासी, जिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालले पाठेघर संमन्धि समस्या भएका  महिलाहरुको अप्रेसन गर्नु पर्ने भएमा  निशुल्क गर्ने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको पहलमा जिल्ला स्थित विभिन्न संघसस्था परियोजना र स्वास्थ्य मन्त्रालयसँग पहल गरेर जिल्ला अस्पतालमा नै सो अप्रेसन सेवा शुरु गराउन सम्झौता गराएको हो ।

कसलाई हुनसक्छ पाठेघरमा ट्युमर ? | Dinesh Khabar
स्वास्थ्य कार्यालय तथा विभिन्न पालिकाको सहयोगमा गाँउ गाँउमा पाठेघर खसेका महिलाहरु स्क्रिनिगँ गर्ने कार्य गरि प्रादेशिक अस्पताल पठाउने गरेको थियो । तर प्रादेशिक अस्पतालले पालो मिलाउदा ति महिलाहरुको पालो एक बर्ष पछि आउने गर्दा स्थानिय महिलाहरुले पिडादायी जिवन विताउन बाध्यताका कारण अप्रेसन खर्चका लागि प्रदेश सरकार तथा संघसंस्था र परियोजनासँग छलफल गराई स्रपोतको ब्यवस्थापन गराएर ति सेवा अहिले जिल्लाबाटै दिने गरि योजना बनाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पंथीले जानकारी गराए । अहिले जिल्ला अस्पतालमै जटिल प्रकारका पनि अप्रेसन निरन्तर भई रहेको हुदा यहिँ अस्पतालमै अप्रेसन शुरु गराउन लागिएको हो, उनले भने, तर गरिब विपन्न महिलाहरुलाई अप्रेसनमा लाग्ने खर्च ब्यहोरिदै सेवाग्राहीलाई निशुल्क गराउने पहल गरियो ।
उनका अनुसार वर्दघाट नगरपालिका, र सरावल,सुस्ता, प्रतापपुर गाउपालिकाका महिलाहरुलाई सिजी फाउण्डेसनले खर्च ब्यहोर्नेछ । त्यसै गरि पाल्हीनन्दन गाउपालिका का महिलाहरुलाई इन्द्रेणी समाजिक विकास मञ्च र बाकी रामग्राम र सुनवल नगरपालिकाका महिलालाई पर्ने खर्च लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले ब्यहोर्नेछ । पृथ्वीचन्द्र अस्पतालमा अहिले स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.अजेन्द्र यादव पुनः कार्यरत हुदा सो अप्रेसन गर्न सहज हुने देखिएको छ । विगत पाँच बर्ष पहिला पनि डा.यादव नै कार्यरत हुदा लुम्बिनी प्रदेश सरकारले अनुदान उपलब्ध गराएर ८५ जना महिलाको पाठेघर खसेका महिलाहरु सफल अप्रेसन भएको थियो । सरकारी निर्देशिका अनुसार पाठेघर खसेका महिलाहरुको अप्रेसन गर्दा प्रति महिला १५ हजार खर्च लाग्ने कार्यविधि अनुसार अस्पतालले खर्च पाउने छ । जस्मा अप्रेसन गराउन आउने महिलाहरु १ हजार यातायात खर्च समेत जोडिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले अप्रेसनका लागि स्रोत ब्यवस्थापन गरि ल्याएको हुदा फागुन १३ गते अस्पताल,सम्बन्धित संघसस्था र जिल्ला स्वास्थ्य कार्यालयका विच सम्झौता गरि १३ गते बाटै सो अप्रेसन शुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.किरन पाण्डेले बताए । अस्पतालमा अहिले सेवाग्राहीको विश्वास बढदै गएको छ, उनले भने, बर्षाै कुरेर अप्रेसन गराउने बाध्यता अब हटेको छ । निशुल्कका लागि विभिन्न स्रोतको ब्यवस्थापन गर्न परेर पनि सहुलियत शुल्कको सेवा अस्पतालले निरन्तर दिदै अप्रेसन गर्दै आएको उनले बताए । अस्पतालमा अहिले सेवा थप्दै गुणस्तर बनाउने कार्य निरन्तर हुदै आएको दाबी डा.पाण्डेको थियो । सबैको सहयोग निरन्तर हुदै गयो भन्ने अस्पतालले आफ्नो सेवा निरन्तर प्रभावकारी बनाउदै जाने योजना रहेको उनको भनाई थियो ।
कम उमेरमा विवाह गर्ने,धेरै सन्तान पाउने,गर्भवती र सुत्केरी भएको वा महिनवारीका बेला पनि क्षमता भन्दा बढि भारी उठाउने,पोषणको कमी लगायतका विभिन्न कारणले महिलाहरु पाठेघर तल खस्ने गरेको डा.यादवको भनाई थियो । त्यसका लागि गाँउ घरमा निरन्तर पाठेघरको स्क्रिनिगँ गराउने कार्य गर्नु पर्छ । त्यसले पाठेघरको समस्या जानकारी हुन्छ । पाठेघरको अप्रेसन गरेर झिकिदिए पछि धेरै जसो समस्या समाधान हुनेछ । अहिले पनि गाँउघरका महिलाहरु पाठेघरको समस्या लिइएर भारत विहार चम्पारनको बाल्मिकीनगर(भैसालोटन) बजारमा जाने गरेको सुनिएको छ । तर त्यहाँबाट फर्कदा धेरै जासो इन्फेक्सनका समस्याहरु समेत आउने गरेको उनले सुनाए । यसकारण सरकारी अस्पतालमै आएर अप्रेसन गराई निरन्तर फ्लोअपमा बस्दा जटिलता नहुने डा.यादवले भने, यसका लागि स्थानिय सरकारले पनि आफ्नो बजेट कार्यक्रममा महिलाहरुको पाठेघर स्क्रिनिगँ गराउने र अप्रेसन खर्चको ब्यवस्थापन गर्नुू पर्छ । यसले गर्दा समस्यामा परेका गरिब विपन्न महिलाहरुलाई जतिखेर पनि अप्रेसन गरेर सेवा प्रदान गर्न सकिन्छ ।
यो अस्पताल सञ्चालनमा आएसँगै यहाँका नागरिकको स्वास्थ्यमा पहुँच विस्तार हुनुका साथै समयमा नै उपचार सुविधा पाउने अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले बताए । अस्पतालको सेवालाई थप गुणस्तर बनाउदै लैजाने योजनामा पनि लागेको उनको भनाई थियो । उनका अनुसार पृथ्वीचन्द्र अस्पतालमा आकस्मिक सेवा,सुचर सेवा,बहिरँग सेवा(ओपिडि) अन्तरगत हाडजोर्नी तथा नशा,जनरल मेडिसिन,स्त्रिी तथा प्रसुती,मानसिक रोग,बालरोग,नाक कान घाँटी,दन्त रोग विभाग,फिजिओथेरापी सेवा रहेका छन् । त्यसैगरि अल्ट्रासाउण्ड,डिजिटल एक्सरे,इसिजी,प्रयोगशाला,विरामी भर्ना जनरल,फर्मेसी सेवा,प्रसुती अन्तरगत साधारण प्रसुती जटिल र अप्रेसन सेवा,एचआईभि परामर्श केन्द्र,लैगिँक हिँसा सम्बन्धि एकद्धारा ब्यवस्थापन(ओसीएमसी),क्षयरोग,कुष्टरोग क्लिनिक,जीन स्पट सेवा,सस्थागत क्लिनिक सेवा,प्लाष्टर।सामाजिक सेवा इकाई,सोधपुछपरामर्श तथा नियमित रुपमा प्रशासनिक तथा गुनासो सुन्ने कार्य पनि गर्दै आएको अस्पताल हो ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34