इन्द्रेणीका सञ्चालक कृष्णप्रसाद कँडेलविरुद्ध यौन दुर्व्यवहार आरोपमा मुद्दा दायर,
चर्चित कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्णप्रसाद कँडेलविरुद्ध यौन दुर्व्यवहार गरेको आरोपमा मुद्दा दायर गरिएको छ । साेमबार जिल्ला अदालत काठमाडौंमा इन्द्रेणीकी एक पुर्व लाेक गायिकाले कँडेलविरुद्ध मुद्दा दर्ता गरेकी हुन् ।
ती महिला कलाकारले कँडेलमाथि फेसबुक खातामा अश्लील सन्देश पठाउने गरेको तथा यौन प्रस्ताव राखेको आरोप लगाएकी छिन् । फिरादपत्रमा मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९, २२३, २२४ विरुद्धको कसुरमा हदैसम्मको कारबाही तथा क्षतिपूर्ति माग गरिएको छ । व्यक्तिवादी मुद्दा भएकाले फिराद पत्र सीधै जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हाे ।
इन्द्रेणी कार्यक्रमका एक महिला कलाकारले एक साता अघि आफूमाथि यौन दुर्व्यवहार गरेकाे आरोप लगाएकी थिइन् । यसअघि ती लाेक गायिकाले प्रहरीमा कँडेलविरुद्ध करणी उद्योगमा जाहेरी दिने समेत काेशिष गरेकी थिइन् । तर प्रहरीले प्रमाण नपुग्ने जवाफ दिएकाे थियाे । यसैगरी, जिल्ला प्रशासन कार्यालयमा ती लाेक गायिकाले शान्ति सुरक्षाकाे माग गर्दै निवेदन दिएकी थिइन् ।
कँडेलले पनि गत शुक्रबार जिल्ला अदालत काठमाडौंमा ती लाेक गायिकासहित ६ जनाविरुद्धगाली बेइज्जतीको मुद्दा दर्ता गराएका थिए ।