KFGVRFI34

बंगलादेशको ढाकास्थित ६ तले भवनमा आगलागी हुँदा ४५ जनाको ज्यान गएको छ

0

 

बंगलादेशमा एक भवनमा आगलागी हुँदा ४५ जनाको मृत्यु भएको छ।

बिहीबार ढाकास्थित ६ तले भवनमा आगलागी हुँदा त्यहाँ ४५ जनाको मृत्यु भएको बंगलादेशका स्वास्थ्यमन्त्रीले शुक्रबार पत्रकारहरूलाई जानकारी दिनु भएको छन्।

समाचार संस्था रोयटर्सका अनुसार उक्त भवनमा रहेको बिर्यानी रेस्टुरेन्टमा ग्यास लिक भएर सुरू भएको आगलागी केहीबेरमै भवनभरी फैलिएको स्वास्थ्य मन्त्री सामन्तलाल सेनले जानकारी दिनुभएको छ|

उहाका अनुसार आगलागीमा परी २२ जना गम्भीर घाइते भएका छन्। उनीहरूको ढाका मेडिकल कलेजमा उपचार भइरहेको छ।

१ ३ वटा दमकल प्रयोग गरी २ घन्टा लगाएर आगो नियन्त्रणमा लिइएको रोयटर्सले उल्लेख गरेको छ।

 

 

 

 

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34