KFGVRFI34

पुण्य गौतम र युवराज सफल पक्राउ,

0

पुण्य गौतम र युवराज सफल पक्राउ परेका छन् । अन्तर्वार्ता दिएर चर्चामा आउने यी दुवै जना आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरबाट पक्राउ परेका हुन् ।

शालीन पोखरेल मृत्यु प्रकरणमा पोस्ट मार्टम रिपोर्ट परिवारलाई नदिएको भन्दै विरोध गर्न पुगेका पुण्य गौतम र युवराज सफल पक्राउ परेका छन् ।शालिनको पक्षमा उत्रिएका मानिसहरूलाई लिएर उनीहरू अस्पताल क्षेत्रमा नाराबाजीमा उत्रिएका थिए । उनीहरूलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।

आइतबार टिचिङ हस्पिटलले पोस्ट मार्टम रिपोर्ट चितवन प्रहरीलाई पठाएको थियो । रिपोर्टमा बलात्कार नभएको पाइएको र झुण्डिएकाे कारण मृत्यु भएको तथ्य टिचिङ अस्पतालले उल्लेख गरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34