KFGVRFI34

FPO कहिले आउदै छ ? नेशनल लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ ।

0

नेशनल लघुवित्त वित्तीय संस्थाले फरदर पब्लिक अफरिङ (एफपीओ) निष्काशन गर्ने भएको छ ।

नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्तको मर्जर पश्चात नेशनल लघुवित्तको नाममा शेयर सूचिकृत « Banking Samachar

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र १६ गते शुक्रबार धुलिखेल लज रिसोर्ट, धुलिखेल–काभ्रेपलाञ्चोक बिहान साढे १० बजेदेखि दशौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन १७ गते बिहीबार बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

लघुवित्तले संस्थापक र सर्वसाधरणको हिस्सा मिलाउन एफ पी ओ  जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्काशन गर्न लागको हो ।

तस्तै, लघुवित्तमा सभामा गत वर्षको मुनाफाबाट प्रस्ताव गरेको ७.५ प्रतिशत बोनस सेयर र कर तिर्न ८ करोड १३ लाख १५ हजार ४६६ रुपैयाँ ४६ पैसा नगद वितरण गर्ने विशेष प्रस्ताव एजेन्डाको रुपमा लैजाने भएको छ ।

त्यसैगरी, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पनि एजेन्डाको रुपमा लैजाने भएको छ ।

सभा तथा लाभांश वितरण प्रयाजनार्थ कम्पनीले फागुन ३० गतेदेखि चैत्र १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34