KFGVRFI34

रबि फेरी गृहमन्त्री बन्लान त ?

0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै नया मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन्।

आईतवार सबै मन्त्रीलाई राजिनामा दिन आग्रह गरेका प्रचण्डले माओवादी केन्द्रका सबै मन्त्रीलाई फिर्ता हुन निर्देशन दिई सकेका छन्। यो बिषयमा टुंगो लगाउन माओवादीको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।

नेकपा एमाले नेकपा माओवादी केन्द्र र राष्टिय स्वतन्त्र पार्टी सम्मिलत मन्त्रिपरिषदमा अहिले ३ सदस्यीय मात्रै बन्ने तयारी भएको बताईएको छ।

माओवादी केन्द्रबाट सरकारमा प्रधानमन्त्री आफैले नेतृत्व गरेका छन् भने नेकपा एमालेबाट बिष्णु पौडेल र रास्वपाबाट रवि लामिछानेले आजै सपथ ग्रहण गर्ने छन्। सुरुमा बन्ने माओवादी नेता उपमहासचिव बर्षमान पुनलाई समेत सहभागी बनाउनु पर्छ भन्ने सुझाव पार्टी भित्र आएको माओवादी केन्द्र श्रोतले बताएको छ। पुन नया गठबन्धनका डिजाईनर समेत हुन्।

पहिलो चरणमा  जसपाबाट एक जना मन्त्री बनाउनु पर्छ भन्ने प्रस्ताव आएपनि को को जाने टुंगो लागि सकेको छैन्। जसपाबाट अध्यक्ष उपेन्द्र यादव आफैं सरकारमा जान ईच्छुक छन्।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चाको समर्थन थियो। अव त्यो समिकरण फेरीएर एमाले माओवादी केन्द्र रास्वपा र जसपाको समिकरण बन्ने पक्का भएको छ भने जनमत पार्टी समेत सरकारमा सहभागी हुने सम्भावना छ।

गएराति अबेरसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो।

प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२,जसपाका १२  र रास्वपाका २१ जना सांसद छन्। सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34