KFGVRFI34

शालिनको पशुपति आर्यघाटमा अन्त्येष्टि:

0
शालिनको १० दिनपछि पशुपति आर्यघाटमा अन्त्येष्टि:
चितवनको छात्रावास (होस्टल) मा मृत्यु भएकी शालिन पोख्रेलको आज (मंगलबार) पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । एकता शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा बस्दै आएकी १४ वर्षीया शालिन यही फागुन १२ गते बिहान कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी परेकी थिइन् । कोठामा रहेको सिलिङको पंखामा डोरी लगाएर झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।उनको बलात्कारपछि हत्या भएको परिवारले आरोप लगाएका थिए । तर पोख्रेलको पोस्टमार्टम रिपोर्टले भने उनको बलात्कार नभएको देखाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई पक्राउ गरिसकेको छ ।
You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34