KFGVRFI34

देसको राजनीतिक गतिबिधि सगै सेयर बजारमा अन्योल,

0

मुलुकमा विद्यमान राजनीतिक गतिविधिले बजारमा  उतारचढाव देखिएको छ। सोमबार बनेको नयाँ सत्तागठबन्धनसँगै अर्थमन्त्रालयमा को आउने, भन्ने विषयले पछिल्लो समयमा शेयर बजार प्रभावित भइरहेको छ।

नयाँ गठबन्धनकाे अर्थमन्त्रालयमा लगानीकर्ताहरुले रुचाएका विष्णु पौडेल आउने अपेक्षासँगै सोमबार शेयर बजार ६ प्रतिशत बढेर नियमित कारोबार अवधिभन्दा अगाडि नै बन्द भएको थियो। तर, मंगलबार अन्योलता बढेसँगै शेयर बजार घट्न पुगेको थियो।

यस दिन पनि मध्यान्हसम्म सकारात्मक रहेको शेयर बजारमापक परिसूचक नेप्से, अर्थमन्त्रालयमा वर्षमान पुन आउने पक्का भएसँगै ओरालो लाग्न थालेको थियो। यद्यपि, अन्तिम समयमा भने बजार करिब १० अंक बढेर बन्द भएको छ।

बुधबार नेप्से परिसूचक ९.३३ अंक बढेर २०१७.०३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.०६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ।  मंगलबार ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन ३०८ स्टकको ५८ हजार ९४० पटकको कारोबारमा ३ अर्ब ४५ करोड ८ लाख रुपैयाँ बराबरको ९१ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन डोल्टी पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन स्वरोजगार लघुवित्त र जोशी हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने गोर्खाज फाइनान्स र सिवाईसी लघुवित्तको शेयरमूल्य ८ प्रतिशत बढेको छ। यस दिन मोलुङ्ग हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.७१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्टको करिब २८ करोडको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि इन्स्योरेन्सको १३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको हो।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34