KFGVRFI34

नेपाल टेलिकमद्वारा सस्तो दरमा  रोमिङ सेवा उपलब्ध, कुन कुन देशमा लिन सकिन्छ सेवा ?

0

नेपाल टेलिकमले विदेशमा नेपाल टेलिकमकै सिम प्रयोग गर्ने प्रयोगकर्ताका लागि पहिले भन्दामा  सस्तो दरमा  रोमिङ सेवा उपलब्ध गराएको छ ।

merolagani - २८ देशमा सस्तो दरमा डेटा रोमिङ सेवा दिदै टेलिकम, कुन कुन देशमा  लिन सकिन्छ सेवा ?

यसरी विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ता आउटबाउन्डहरूले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डेटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरूसँग गरिएको सम्झौता अनुसार उक्त महसुल दरमा भारी कटौती भएकोले थप सस्तो दररेटमा सेवा सञ्चालन गरिएको हो ।

यस अनुसार अब नेपाल टेलिकमको पोस्टपेड तथा प्रिपेड सिम प्रयोगकर्ताहरुले विश्वमा रहेका २८ देशका रोमिङ पार्टनरहरूको नेटवर्कमा आवद्ध भई डेटा रोमिङ सेवा प्रयोग गर्दा सस्तो मूल्यमा डेटा सेवा उपलब्ध हुनेछ ।

अब नेपाल टेलिकमकै पोस्टपेड तथा प्रिपेड सिम प्रयोग गरी अस्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रीस, हंगेरी, आयरल्यान्ड, इजरायल, इटाली, जापान र कोरियामा सस्तो दरमा डेटा रोमिङ सेवा उपलब्ध हुनेछ ।

त्यसैगरी मलेसिया, म्यानमार, नेदरल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेयिबा, सिंगापुर, श्रीलंका, स्विजरल्यान्ड, युएई, युके, युएसए र भियतनाममा समेत सस्तो दरमा डेटा रोमिङ सेवा प्रयोग गर्न सकिने छ । रोमिङ सेवा र यसको महसुल दर वारेमा विस्तृत विवरण यो लिंक मा हेर्न सकिन्छ ।

 

डेटा रोमिङ सुविधा प्रयोग गर्नका लागि ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्दछ । पोस्टपेड तथा प्रिपेड ग्राहकहरुले नेपालमै रहदा आफ्नो मोबाइलबाट *1415*7# डायल गरी वा प्रिपेड ग्राहकहरुले नेपाल टेलिकम एप मार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सकिने छ ।

परिमार्जित दररेट सस्तो र सुलभ हुने भएकोले रोमिङ सेवा प्रयोगकर्ताहरुका लागि डाटा रोमिङ सेवा उपयोगी हुने र सेवा प्रयोग गर्ने परिपाटीमा वृद्धि हुने अपेक्षा कम्पनीको रहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34