सर्वोत्तम सिमेन्टको आइपीओ भोलि बाँडफाँट हुने, ५५ हजार ५२१ जनाले ५०/५० कित्ताका दरले आइपीओ हात पार्ने छन्,
सर्वोत्तम सिमेन्टको आइपीओ भोलि अर्थात् फागुन २५ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आइपीओ शुक्रबार बिहान १० बजे बाँडफाँट हुनेछ ।
कम्पनीले बुक बिल्डिङ प्रक्रियामार्फत मूल्य तय गरेर दोस्रो बजारमा आफ्नो सेयर बिक्रीमा ल्याएको थियो । अब कम्पनीको उक्त आइपीओ भोलि शुक्रबार बाँडफाँट गरिने तयारी गरेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबार प्रिअलोटमेन्ट सकिएको छ ।
कम्पनीको आइपीओमा सेयरमा अन्तिम दिनसम्म १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताको माग गर्दै आवेदन दिएका छन् । यो माग भन्दा १९.३२ गुणा बढी हो । मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट नै आइपीओ बाँडफाँट हुनेछ ।
कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सर्वसाधारणका लागि आइपीओ बिक्रीमा ल्याएको थियो । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आइपीओमा कुल १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार रुपैयाँ संकलन भएको छ । माग भन्दा १९।३७ गुणा बढी आवेदन परेको हुँदा आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुने छ । जसमा ५५ हजार ५२१ जनाले ५०/५० कित्ताका दरले आइपीओ हात पार्ने छन् ,सो मध्यका २ जनाले भने थप १/१ कित्ता गरी ५१ कित्ता सेयर पाउनेछन् । आवेदन दिएका ९५प्रतिशतलेको हात रित्तो हुने देखिएको हो ।
कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दर आवेदन दिन मिल्नेगरि आइपिओ बिक्रीमा ल्याएको हो, लगानीकर्ता न्युनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था थियो । अधिकतम भने १० हजार कित्ताका लागि आवेदन सकिने छ । न्युनतम ५० कित्ताका लागि आवेदन दिन पनि १८ हजार ४५ रुपैयाँ हाल्नुपर्ने व्यवस्था थियो ।
कम्पनीको आइपीओ ५५ हजार ५२१ जनाले न्युनतम ५० कित्ता पाउने छन् । यी बाहेक अन्य अर्थात् साढे ९ लाख बढीको हात खाली हुनेछ ।