KFGVRFI34

महिलामा कुन समयमा बढी यौन चाहना हुन्छ ?

0

जसरी सुत्नु, खानु र दैनिक कार्य गर्नुपर्छ, त्यसैगरी परिपक्क मानिसका लागि यौन क्रियाकलाप पनि आवश्यक हुन्छ । तर, हाम्रो समाजमा यौनका बारेमा खुलेर कुरा गर्ने चलन कमै छ । झन यौन कसरी भन्ने बारेमा जान्ने उत्सुकता भएपनि लाज हुन्छ भनेर चुप लाग्छन् । तर, सुखद जीवनका लागि सुखद यौन जीवन हुनु जरुरी हुन्छ ।

हाम्रो समाजमा अधिकांश यस्ता परिवार छन्, जसको वैवाहिक यौनकै कारणहरुले राम्रो बन्न सकेको हुँदैन । किनकी उनीहरुको यौन जीवनमा खुलेर कुरा गर्न सक्दैनन् । यसको सबैभन्दा ठुलो कारण हो कि हामीहरु यौनको बायोलोजिकल जानकारी लिन चाहदैनौं । अधिकांश परिवारहरु जोडीहरुलाई यौनको चाहनाको बारेमा थाहा नहुँदा यस्ता समस्या आउँछन् ।

हामीमध्ये धेरैलाई सेक्स गर्ने समय कति बेला हो ? कतिबेला पुरुष महिलाले सेक्स गर्न चाहन्छन् भन्ने कुरा थाहा छैन् । अमेरिकन मेडिकल एसोसिएशनको अनुसन्धानले पुरुष र महिलाको सेक्स गर्ने चाहना बढ्ने समय पत्ता लगाएको छ । जसअनुसार पुरूषलाई विहानको समयमा सेक्स गर्ने चाहना बढी हुन्छ । तर, सेक्सका लागि महिलाहरु मध्यरातमा रोमाण्टिक मुडमा हुन्छन् ।

अध्ययन अनुसार यो सबै सेक्स हार्मोन्सका कारणले हुने गर्दछ । रातमा महिलाहरु जब सेक्सका लागि रोमाण्टिक मुडमा हुन्छन् तब पुरुषहरु या त सुतिसक्छन्, या सेक्समा त्यती चाहना हुँदैन्, जति हुनुपर्ने हो । यस्तै समस्या विहान महिलालाई हुन्छ । त्यती बेला पुरुष सेक्सका लागि बढी रोमाण्टिक मुडमा हुन्छ । जबकि त्यो बेला महिलालाई सेक्सको इच्छा हुँदैन।

अध्ययन अनुसार विहान ५ बजेदेखि ७ बजेसम्मको बीचमा पुरूषहरुमा टेस्टेस्टेरोनको मात्रा अत्यधिक बढ्छ जसका कारणले पुरूषको चाहना त्यो बेला सेक्सका लागि बढी हुन्छ । सेक्स लागि पूर्ण तयार रोमाण्टिक मुडमा तयार हुन्छ ।

विहानको समयमा पुरुषमा बाँकी समयको भन्दा सेक्स हार्मोन २५ देखि ५० प्रतिशत बढ्छ । महिलामा पनि टेस्टेस्टेरोनले नै सेक्स चाहना बढ्छ । तर एस्ट्रोजन र प्रोजेस्टेरोनका कारण सन्तुलनमा रहन्छ । महिलाहरुमा यसको मात्रा रातमा अत्धिक बढ्छ ।

जसका कारण उनलाई रातिको समयमा सेक्स गर्न धेरै मात्रा चाहान्छन् । अध्ययनमा यो पनि भनिएको छ कि पुरुषहरु जति बढी सुत्छन् त्यती नै बढी मात्रामा टेस्टेस्टेरोन बढ्छ । जसले विहानको समयमा सेक्स गर्ने चाहानालाई ह्वात्तै बढाउँछ ।

अमेरिकन मेडिकल एसोसिएशनको यो अध्ययन अनुसार ५ घण्टा भन्दा बढी सुत्ने पुरुषमा टेस्टेस्टेरोनको मात्रा १५ प्रतिशतले बढ्ने गर्छ । पुरुष सुतेर उठ्ने समयमा उसलाई सेक्सको चाहना बढी हुन्छ । जबकी महिलामा ठिक यसको उल्टो हुन्छ । त्यो समयमा महिलामा सेक्स गर्ने चाहना नै हुँदैन् ।

अध्ययनले बताएअनुसार वेलुका ६ बजेपछि पुरुषमा टेस्टेस्टेरोनको मात्रा कम हुँदै जान्छ । जबकि त्यो बेला महिलाहरुमा सेक्स हार्मोन्स बढ्न सुरु हुन्छ । वेलुका सुरु भएपछि महिलाहरुमा ४० प्रतिशत भन्दा बढी सेक्सको चाहना बढ्छ ।

अफिसमा काम गर्ने पुरुषहरुमा त झन तनावका कारणले टेस्टेस्टेरोनको मात्रा झनै घट्छ । पुरुष महिलाको तालमेल मिलाउन विराएर जोडीले एक दिन महिलाको चाहना भएको समय र अर्को पुरुषको चाहना भएको समयमा सन्तुष्टि लिन सक्ने अध्ययनको निष्कर्ष छ । (एजेन्सीको सहयोगमा)

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34