KFGVRFI34

विश्वको सबैभन्दा सानो, बोक्न मिल्ने शौचालय, साथै सबै भन्दा सुन्दर शौचालय।

0

जापानको नागोयामा रहेको स्टार्टअप कोकेनवा इंकले ‘पकेट टोइलेट’ उत्पादन गरेको छ । यसलाई विश्वको सबैभन्दा सानो, बोक्न मिल्ने शौचालय भनिएको छ।तपाईंलाई दिसा पिसाब लागेपछि तपार्ईं जुनसुकै अवस्थामा त्यसलाई बिसर्जन गर्न बाध्य हुनुहुनेछ । राम्रो शौचालयले हाम्रो दैनिक क्रियाकलापलाई सकारात्मक बनाउन निकै हदसम्म काम गर्छ । यो बिना हामीले आफ्नो जीवन कल्पना पनि गर्न सक्दैनौँ ।

विश्वकै सबैभन्दा सानो, पाकेटमा बोक्न मिल्ने शौचालय - No. 1 news Portal of  Mid Nepal…

युद्धग्रस्त क्षेत्रहरू र प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रहरूमा सबैभन्दा बढी खोजिने भनेको शौचालयहरू नै हुन् । तर त्यस्ता स्थानमा स्वच्छ शौचालयका खासै विकल्पहरु उपलब्ध हुँदैनन् । खासमा भन्ने हो भने पकेट टोइलेट भन्ने उत्पादन पनि उपलब्ध छ । यसको विशेषता के छ भने यो ७ सेन्टिमिटर अग्लो र ६.५ सेन्टिमिटर चौडा हुन्छ जुन कुनै पनि पाकेट वा पर्समा अट्न सक्छ ।कोकेनावा इंकका संस्थापक ३० वर्षीय योशिनोरी कोकेनावाले पकेट टोइलेटको अवधारणा सन् २०१९ मा विकसित गरेका हुन् । त्यतिबेला उनले नागानो सहरमा हागिबिस नामको आँधीले क्षती पुर्याउँदा स्वयंसेवककाे रुपमा काम गरेका थिए । परम्परागत बोक्न मिल्ने शौचालयको अगाडि लामो लाइन बसेका मानिसहरुलाई देखेपछि उनलाई यस्तो सोच आएको थियो ।

‘मानिसहरु आफ्नो क्षेत्रलाई पुरानै स्थितिमा फर्काउनका लागि सकेसम्म छिटो काम गरिरहेका थिए तर प्रत्येक पटक शौचालय जानुपर्दा भने उनीहरु आधा घण्टासम्म लाइनमा बस्नुपर्दथ्यो,’ कोकेनावाले स्मरण गरे । ‘यसका लागि मलाई केही गर्न मन थियो ।’सन् २०२० को डिसेम्बरमा कोकेनावाको कम्पनीले पकेट टोयलेट लञ्च गर्यो । यो एउटा यस्तो शौचालय थियो जसलाई कुनै पनि स्थानमा निकै सजिलै प्रयोगमा ल्याउन सकिन्छ । यो शौचलयमा एउटा झोला हुन्छ जुन विशेष र टिकाउ फाइबरले बनेको हुन्छ र यसमा कोगुलेन्टको प्याकेट हुन्छ । उक्त झोलालाई टोइलेटको सिट वा डस्टबिनमा पनि टाँस्न सकिन्छ । कम्पनीले आफ्नो परीक्षणमा उक्त ब्यागको प्रयोगपश्चात् पनि कुनै गन्ध नआएको फेला पारेको छ । कम्पनीले परीक्षण गर्दा ब्यागभित्र दिसा राखेर कोठाभित्र राखेको थियो । कम्पनीको दाबी अनुसार त्यसबाट हप्ता दिनसम्म कुनै गन्ध आएन ।‘यो महिलाको मेकअप ब्यागमा पनि अट्छ, त्यसैले यसलाई धेरै मानिसहरुले आफूसँगै निकै सजिलै बोक्न सक्ने हामीले अनुमान गरेका छौँ,’ कोकेनावाले भने । उनका अनुसार उनको कम्पनीले हालसम्म ५० हजार पकेट टोइलेट बिक्रि गरिसकेको र ६ हजारभन्दा बढी युद्धग्रस्त युक्रेनमा पठाएको छ ।

बाहिर कतै हिँड्दा शौचालयकै पिर हुन्छ । सार्वजनिक शौचालय सकेसम्म जानै नपरोस् भन्ने हुन्छ । बाहिरैदेखि गन्हाउने र फोहोर हुँदा सार्वजनिक शौचलयमा पाइला टेक्ने बित्तिकै बान्ता आउला जस्तो हुन्छ । नेपालको सार्वजनिक शौचालयमा जानेहरू सबैको अनुभव लगभग यस्तै छ ।

 सुन्दर सार्वजनिक शौचालय

तर, विश्वमा यस्तो एउटा शौचालय पनि छ जसको फोटो हेर्दा मात्रै पनि आनन्द आउँछ । यस्तो भन्दा कतिलाई पत्यार नलाग्ला तर चीनमा यस्तै एउटा शौचालय छ जसलाई विश्वकै सबैभन्दा सुन्दर सार्वजनिक शौचालय भनेर नाम दिइएको छ ।

चीनको साङ्घाईको नान्जिङमा अवस्थित डेजी प्लाजा सपिङ मलको छैटौँ तलामा विश्वकै सुन्दर सार्वजनिक शौचालय छ । अडिटी सेन्ट्रलका अनुसार एक्सप्लस लिभिङले डिजाइन गरेको उक्त सार्वजनिक शौचालयमा जाँदा तपाईंलाई अचम्मको दरबारमा आइपुगेको जस्तो भान हुन्छ । यो शौचालयमा प्रवेश गर्ने बित्तिकै लामो कोरिडोर आउँछ, जहाँ हिँड्दा कुनै बगैँचामा हिँडेको जस्तो अनुभूति हुन्छ । यहाँका बोटबिरुवाले यस्तो अनुभव गराउँछ । यस्तै, यहाँको सिलिङमा ठुलठुला बत्ती पनि जडान छन् जसको प्रकाश सिधै चम्किलो भुईँमा ठोक्किन्छ ।

deji-plaza-bathroom-750x500यस्तै यहाँ लाउन्ज एरिया पनि छ जहाँ असाध्यै राम्रा सोफा राखिएका छन् । शौचालय जानु नपर्ने तर साथी आएका मानिसले यो सोफामा बसेर साथीलाई पर्खन सक्छन् । यस्तै यहाँका वासबेसिन पनि फाउन्टेनबाट प्रेरित छ ।

‘यो सपिङ मलको वासरुम सबैले प्रयोग गर्न मिल्ने सार्वजनिक स्थान हो । यसले व्यस्त जीवनशैलीमा मानिसलाई थोरै भए पनि विश्राम दिन्छ,’ डिजाइनर ली जियाङले भने । ‘डिजाइन गर्दा मैले यसलाई शौचालयको रूपमा मात्रै डिजाइन गरिनँ । मैले यहाँका प्रत्येक कुनालाई कसरी आकर्षक र आनन्ददायी बनाउन सकिन्छ भन्ने कुरामा जोड दिएको छु त्यसैले यसलाई बगैँचाजस्तो बनाएका छौँ ।’

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34