OK को पूरा अर्थ के हो ? हेर्नुहोस रोचक शव्दावली !
कुनै कुरामा सही थाप्दा हामी सबैले सहजै बोल्ने शव्द हो ओके । धेरै मानिसले कुनै कुराको जवाफ यहीँ दुई अक्षरयुक्त शब्द OK मै दिन्छन् । वास्तवमा यो दुई अक्षरले एउटा पूरै वाक्यको काम गरिरहेको हुन्छ र मानिसहरुको संवाद छोटाइरहेको हुन्छ ।
त्यसैले यो निकै चलनचल्तीको शव्द बनेको छ आमरुपमा । तर विडम्बना धेरैलाई यो शव्दको पूरा स्वरुप तथा अर्थ नै थाहा नहुन सक्दछ । आखिर OK को पूरा अर्थ के हो त ? OK अंग्रेजी भाषाको सबैभन्दा सामान्य शव्दमध्ये एक हो । धेरैलाई थाहा नहुन सक्दछ OK को पूरा रुप Olla Kalla हो । यो एक ग्रिक शव्दावली हो जसको अर्थ हुन्छ सबै ठीक छ ।
OK शव्द १८२ वर्षअघि अमेरिकी पत्रकार चाल्र्स गार्डन ग्रीनको कार्यालयबाट सुरु भएको थियो । सन् १८३९ मा लेखकहरुले जानीबुझी शव्दहरुलाई परिवर्तन गरे र संक्षिप्त अक्षरहरुको प्रयोग गर्न थाले । जस्तै अहिले हामीले प्रयोग गर्ने LOL, OMG तथा NBD भन्दछौँ ।
OK लाई पहिलो पटक OLL Korrect को रुपमा प्रयोग गरिएको थियो । चार्ल्स गार्डन ग्रिनले व्याकरणका विषयमा एक व्यंग्य लेख लेखेका थिए र सन् १८३९ मा बोस्टन मर्निङ पोष्टमा प्रकाशित गरेका थिए । त्यसमा OW जस्ता शव्दको पनि प्रयोग गरिएको थियो, जसको अर्थ अल राइट अर्थात् सबै ठीक छ हो ।
अमेरिकी चुनावमा OK को रोचक कहानी
सन् १८४० मा अमेरिकी राष्ट्रपति मार्टिन भेन ब्यूरनको चुनाव अभियानमा OK शव्दलाई चुनावी नाराको रुपमा प्रयोग गरिएको थियो । न्युयोर्कमा जनिमएका ब्यूरनको उपनाम ओल्ड किन्डरहुक थियो । जसलाई छोटकरीमा मानिसहरु OK भन्दथे । त्यो संसारभर लोकप्रिय भएको थियो । उनका समर्थकहरुले चुनाव र्यालीहरुमा ओकेको प्रयोग व्यापक रुपमा गरे। त्यतिमात्र नभई देशभर ओके क्लबको गठन पनि गरे ।
ओकेका अन्य तथ्यहरु
हफपोस्टको एक रिपोर्ट अनुसार पहिले OK शव्द OKeh बाट आएको दाबी गरिएको थियो जुन भारतीय मूलका अमेरिकी जनजाति समुदाय Choctaw को एक शव्द हो । OK को सम्बन्धमा विभिन्न तर्कहरु छन् । ओके शव्दको चलन बढेसँगै मानिसहरुमा सदैव विवाद रह्यो । हफपोस्टको रिपोर्टमा स्मिथसोनियन पत्रिकाको एक लेख उधृत गरिएको छ जसमा OK को बारेमा जानकारी दिइएको छ ।
स्मिथसोनियन पत्रिकाको एक लेख अनुसार ओके शव्दको उत्पत्ति १९ औँ शताब्दीको सुरुवातमा भएको थियो । All Correct शव्द परिवर्तन भएर OK भएको दाबी त्यसमा गरिएको छ । ओकेको अर्थ All Correct भएपनि पछि Oll Korrect मा परिवर्तन गरिएको हो ।