KFGVRFI34

आज सुनको भाउ तोलाको कति ?

0

 

सुनको भाउ निरन्तर बढ्दो क्रममा देखिएको छ। बिहीबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै बिहीबार चाँदीको भाउ पनि उच्च दरमा बढेको छ। यस दिन चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ५१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34