८ मिलियन डलरको मेकअप सामाग्री चोर्ने गिरोहका प्रमुख पक्राउ।
अमेरिकी प्रहरीले मेकअप सामाग्री चोर्ने एक गिरोहका प्रमुखलाई पक्राउ गरेको छ । तीन सन्तानकी आमा ५३ वर्षीया मिशेल म्याक यस गिराेहकी मुख्य याेजनाकार हुन् । उनले ८ मिलियन डलरको कस्मेटिक्स चोरि गरेकाे प्रहरीले बताएकाे छ ।
प्रहरीका अनुसार उनले चाेरी मात्र गरिनन् तर अनलाइन सपिङ साइट अमेजनमा ती मेकअप प्राेडक्ट्स बिक्री गरिन् ।
मिशेलकाे चोरी गर्ने समुहमा १२ युवती रहेका छन् । उनीहरु सबैले सेफोरा, लेन्स क्राफ्टर, अल्टा, टीजे म्याक्स, वालग्रीन्स जस्ता लक्जरी कस्मेटिक्स पसलमा गएर मेकअपका सामान चोर्ने गर्थे । त्यसपछि मिशेलले यी सामानहरू छुटमा बेच्ने गर्थिन् ।
अमेरिकाका १० राज्यमा चोरी
यो गिरोहले क्यालिफोर्निया, ओहायो, टेक्सास, फ्लोरिडालगायत अमेरिकाका १० राज्यमा चोरी गरेको थियो । यही कारणले उक्त गिरोहको नाम ‘क्यालिफोर्निया गर्ल्स’ राखिएको हो । प्रहरीले मार्च १२ मा मिशेलको घरमा छापा मारेको थियो। यस अवधिमा उनले ३ लाख ५० हजार डलरको कस्मेटिक्स प्राप्त गरेका थिए। ४५०० स्क्वायर फिटमा बनेको यो घरको मूल्य ३ मिलियन डलर छ ।
२ वर्षदेखि समात्न खोज्दै थिए
ब्रिटिस मिडिया डेली मेलको रिपोर्ट अनुसार प्रहरीले २ वर्षदेखि यस गिरोहलाई पक्राउ गर्ने प्रयास गरिरहेको थियो । उक्त गिरोहका दुई युवतीलाई कस्मेटिक ब्राण्ड अल्टाको पसलबाट पक्राउ गरेपछि मात्र प्रहरीले यस विषयमा सुराकी पाएको थियाे । एक महिलाले पैसाको प्रलोभन देखाएकाे साेहि गिराेहकी एक युवतीले बताएकी छन् । उनले पसलको ठेगाना पनि दिएकी थिइन्। युवतीका फोनमा भेटिएका म्यासेजबाट प्रहरीले मिसेलसम्म पुगेकाे थियाे।
अनलाइन मेकअप स्टोर चलाइरहेकी थिइन् मास्टरमाइन्ड
अनुसन्धानका क्रममा मिशेलले अनलाइन मेकअप स्टोर चलाइरहेको प्रहरीले पत्ता लगाएकाे थियाे । उनले यस स्टाेरमा चोरीका सामान ५० प्रतिशत छुटमा बेच्ने गर्दथिइन् ।
नेशनल रिटेल फेडरेशनका अनुसार २०२२ मा पसल चोरका कारण खुद्रा बिक्रेताले ४०.५ बिलियन डलर नोक्सान बेहोरेका छन्। अधिकांश पसल चोरहरू संगठित गिरोहसँग सम्बन्धित छन्। होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशनका अनुसार २०२१ र २०२३ को बीचमा पसल चोरीका घटनाहरू तीन गुणा बढेका छन् र निरन्तर बढिरहेका छन्।
२०२१ मा, पसल चोरीका ५९ घटनाहरू रिपोर्ट गरिएका थिए। २०२३ मा १९९ केसहरू रेकर्ड गरिएको थियो।