KFGVRFI34

आज, शुक्रबार नेपाली बजारमा सुनको मूल्य ४०० ले घटेको छ।

0

साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

निरन्तर बढेको सुनको मूल्य शुक्रबार घटेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदी मूल्य स्थिर अवस्थामा छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ८०० रुपैयाँ खरिद बिक्री भइरहेको छ ।

 

बिहीबार छापावाला सुन प्रतितोला एक लाख २५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै शुक्रबार चाँदीको भाउ स्थिर भएको छ। यस दिन चाँदी बिहीबार कायम मूल्यमा नै कारोबार भएको हो । आज चाँदी प्रतितोला एक हजार ५१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34