KFGVRFI34

पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटरको भाउ कति , विज्ञप्ति…!

0

डिजेल , पेट्रोल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमले चैत ३ गतेदेखि लागु हुने गरि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको हो ।

निगमले पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले घटाएको हो । खाना पकाउने एलपि ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

मूल्य घटेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७१ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34