KFGVRFI34

हर्निया भनेको के हो ? लक्षणहरु, आयुर्वेदिक उपचार, निकै उपयोगी फल, यसरी गर्नुहोस् प्रयोग

0

परिवर्तित जीवनशैली, वातावरण, खानपान आदिका कारण हर्निया रोग तिब्र गतिमा फैलिरहेको छ। जब शरीरको कुनै भाग फुल्दै आउँछ, असहृय पीडा र पीडा पनि रोकिरोकि हुन्छ भने यो हर्नियाको सामान्य लक्षण हो।

यदि सही समयमा यसको उपचार भएन भने यो गम्भीर समस्या हुन सक्छ। त्यसैले यदि तपाईंले पनि आफ्नो शरीरमा त्यस्ता कुनै लक्षणहरु देख्नु भएको छ भने तुरुन्त चिकित्सकलाई देखाउनु पर्छ, जसका कारण स्थिति गम्भीर हुन पाउँदैन । आज हामी हर्नियाको बारेमा केही जानकारीहरु प्रस्तुत गर्दैछौं।

कस्ता–कस्ता हुन्छन् हर्निया ?फिमोरल हर्निया : यस प्रकारको हर्निया सामान्यतया महिलाहरुलाई हुन्छ । महिलाहरुमा पनि विशेष गरेर गर्भवती र मोटोपनबाट ग्रस्त महिलाहरुलाई बढि हुन्छ । यो तब हुन्छ, जब आन्द्रा धमनी माथिल्लो फिलामा जाने नलीमा प्रवेश गर्छ ।एसेन्सियल हर्निया : यस प्रकारको हर्नियामा पेटको सर्जरी हुने भागमा धेरै भार पर्नाले मांसपेशीहरु अत्यधिक तन्कन्छ, जसका कारण त्यो भाग फुल्छ।

नाभि हर्निया : यस प्रकारको हर्नियामा पेटको सबैभन्दा कमजोर मांसपेशीहरु नाभिको माध्यमबाट फुलेको रुपमा प्रकट हुन्छ । त्यस्तो विशेष गरेर मोटोपनले ग्रस्त महिलाहरु र त्यस्ता महिलाहरु जसको धेरै बच्चाहरु हुन्छन्,जसले बच्चा जन्माउँदा बारम्बार सर्जरी आदि कारणले उनीहरुको मांसपेशीहरु कमजोर हुन्छ ।

इन्गुइनल हर्निया : इन्गुनल हर्नियामा आन्द्रा अथवा मुत्राशय पेट भित्रबाटै फुल्छ अथवा पेट र तिर्घाको बीचको भाग इन्गुइनल नलीमा हुन्छ । यो विशेष गरेर त्यो भागमा भएको कमजोरीका कारण हुन्छ।

यस रोगबाट प्रायः महिला नै प्रभावित हुनुको कारणमहिलाहरुमा प्रायः पेटको हर्निया धेरै हुन्छ, किनभने गर्भवतीको क्रममा महिलाहरुको इन्टेरियर एब्डोमिनल वाल मसल्स तन्कन्छ। सर्जरी भएको ठाउँमा सबैभन्दा धेरै हर्निया विकसित हुने सम्भावना हुन्छ, किनभने त्यो ठाउँ सबैभन्दा धेरै तन्किएको हुन्छ । महिलाहरुमा हर्निया हुने मुख्य कारण मोटोपन हो ।

हर्नियाको चरणहरुरिड्यूसिबल हर्निया : यस प्रकारको हर्नियामा सुत्दा शरीरमा भएको गाँठो गायब हुन्छ, तर खोक्दा अथवा हाछ्यँ गर्दा देखिन्छ । यदि गाँठोको आकार धेरै ठुलो छैन भने यसलाई नियन्त्रण अथवा कम गर्न सकिन्छ ।

इर्रिड्यूसिबल हर्नियायस प्रकारको हर्नियामा कुनै पनि स्थितिमा गाँठो देखिन बन्द हुँदैन । एब्सट्रक्सन हर्निया : जब आन्द्रामा दवाव पर्दा यो फाट्छ, जसका कारण मोशनमा पनि समस्या हुन्छ भने यसलाई एब्स्ट्रक्सन हर्निया भनिन्छ । त्यस्तो स्थितिमा बिरामीको तुरुन्ट सर्जरी गर्नु पर्छ ।

परिवर्तित जीवनशैली, वातावरण, खानपान आदिका कारण हर्निया रोग तिब्र गतिमा फैलिरहेको छ। जब शरीरको कुनै भाग फुल्दै आउँछ, असहृय पीडा र पीडा पनि रोकिरोकि हुन्छ भने यो हर्नियाको सामान्य लक्षण हो

यदि सही समयमा यसको उपचार भएन भने यो गम्भीर समस्या हुन सक्छ। त्यसैले यदि तपाईंले पनि आफ्नो शरीरमा त्यस्ता कुनै लक्षणहरु देख्नु भएको छ भने तुरुन्त चिकित्सकलाई देखाउनु पर्छ, जसका कारण स्थिति गम्भीर हुन पाउँदैन । आज हामी हर्नियाको बारेमा केही जानकारीहरु प्रस्तुत गर्दैछौं।

के हो हर्निया ?

हर्निया विशेष गरेर त्यो समयमा हुन्छ, जब पेरिटोनियम (जुन मांशपेशीबाट बन्छ) मा कमजोरी आयो भने हर्निया हुन्छ। जसका कारण पेटको भित्रि भागमा आफ्नो नियमित स्थानमा रहँदैन र फुल्छ । त्यही स्थितिलाई हर्निया भनिन्छ।

कस्ता–कस्ता हुन्छन् हर्निया ?

फिमोरल हर्निया

यस प्रकारको हर्निया सामान्यतया महिलाहरुलाई हुन्छ । महिलाहरुमा पनि विशेष गरेर गर्भवती र मोटोपनबाट ग्रस्त महिलाहरुलाई बढि हुन्छ । यो तब हुन्छ, जब आन्द्रा धमनी माथिल्लो फिलामा जाने नलीमा प्रवेश गर्छ ।

एसेन्सियल हर्निया

यस प्रकारको हर्नियामा पेटको सर्जरी हुने भागमा धेरै भार पर्नाले मांसपेशीहरु अत्यधिक तन्कन्छ, जसका कारण त्यो भाग फुल्छ।

नाभि हर्निया

यस प्रकारको हर्नियामा पेटको सबैभन्दा कमजोर मांसपेशीहरु नाभिको माध्यमबाट फुलेको रुपमा प्रकट हुन्छ । त्यस्तो विशेष गरेर मोटोपनले ग्रस्त महिलाहरु र त्यस्ता महिलाहरु जसको धेरै बच्चाहरु हुन्छन्,जसले बच्चा जन्माउँदा बारम्बार सर्जरी आदि कारणले उनीहरुको मांसपेशीहरु कमजोर हुन्छ ।

इन्गुइनल हर्निया

इन्गुनल हर्नियामा आन्द्रा अथवा मुत्राशय पेट भित्रबाटै फुल्छ अथवा पेट र तिर्घाको बीचको भाग इन्गुइनल नलीमा हुन्छ । यो विशेष गरेर त्यो भागमा भएको कमजोरीका कारण हुन्छ।

यस रोगबाट प्रायः महिला नै प्रभावित हुनुको कारण

महिलाहरुमा प्रायः पेटको हर्निया धेरै हुन्छ, किनभने गर्भवतीको क्रममा महिलाहरुको इन्टेरियर एब्डोमिनल वाल मसल्स तन्कन्छ। सर्जरी भएको ठाउँमा सबैभन्दा धेरै हर्निया विकसित हुने सम्भावना हुन्छ, किनभने त्यो ठाउँ सबैभन्दा धेरै तन्किएको हुन्छ । महिलाहरुमा हर्निया हुने मुख्य कारण मोटोपन हो ।

हर्नियाको चरणहरु

रिड्यूसिबल हर्निया

यस प्रकारको हर्नियामा सुत्दा शरीरमा भएको गाँठो गायब हुन्छ, तर खोक्दा अथवा हाछ्यँ गर्दा देखिन्छ । यदि गाँठोको आकार धेरै ठुलो छैन भने यसलाई नियन्त्रण अथवा कम गर्न सकिन्छ ।

इर्रिड्यूसिबल हर्निया

यस प्रकारको हर्नियामा कुनै पनि स्थितिमा गाँठो देखिन बन्द हुँदैन ।

एब्सट्रक्सन हर्निया

जब आन्द्रामा दवाव पर्दा यो फाट्छ, जसका कारण मोशनमा पनि समस्या हुन्छ भने यसलाई एब्स्ट्रक्सन हर्निया भनिन्छ । त्यस्तो स्थितिमा बिरामीको तुरुन्ट सर्जरी गर्नु पर्छ ।

स्टे्रन्ग्युलेटेड हर्निया

जब आन्द्रामा रगत सञ्चालन बन्द हुन्छ, त्यस्तो स्थितिलाई स्ट्रेन्ग्युलेटेड हर्निया भनिन्छ । त्यस्तो स्थितिमा पनि बिरामीको तुरुन्त सर्जरी गरिन्छ ।

हर्नियाको सर्जरी दुई प्रकारले गरिन्छ ।

लेप्रोस्कोपिक

ओपन सर्जरी

लेप्रोस्कोपिक सर्जरीमा हर्नियालाई ठीक गर्नाका लागि सानो प्वाल पारेर सानो क्यामरा र सानो किसिमले बनाइएको शल्य चिकित्सा उपकरणहरुको प्रयोग गरिन्छ । ओपन सर्जरीमा धेरै काट्ने भएकाले घाउ ठीक हुन धेरै समय लाग्छ । बिरामी एक दुई हप्तासम्म पनि सामान्य रुपमा हिंडडुल गर्न असमर्थ हुन्छ ।

कुन कुराहरुमा ध्यान दिनु पर्छ ?

समयमा औषधी खानु पर्छ, जसले छिट्टै नीको हुन सकिन्छ । सर्जरीपछि डाक्टरको सल्लाह अनुसार नै नुहाउनु पर्छ ।

सर्जरी गरेको ५–६ दिनपछि विस्तारै हिंड्न शुरु गर्नु पर्छ, जसले गर्दा खुट्टामा रगत जम्न पाउँदैन र रक्त सन्चार पनि राम्रो हुन्छ ।

-भारी सामान उठाउनु हुदैन ।

-नियमित जाच गराइराख्नु पर्छ ।

-स्वस्थ्य भोजन खानुको साथसाथै पानी पर्याप्त मात्रामा खानु पर्छ।

हर्नियाको आयुर्वेदिक उपचार

चर्चित भारतीय आयुर्वेदिक डाक्टर अबरार मुल्तानीका अनुसार हर्नियाको लक्षण पहिचान गरेर सुरुवातामै उपचार गर्न सक्यो भने यो निको हुन्छ। उनका अनुसार आयुर्वेदमा बर्रोलाई हर्नियाको उपचारका लागि निकै उपयोगी मानिन्छ। यसको प्रयोग सामान्य अर्थात सुरुवाती लक्षण देखिनासाथ गर्न सकिन्छ। सुरुवातमै यसको प्रयोग गर्न सके अप्रेशन बिनानै यसलाई ठिक पार्न सकिन्छ।

कसरी गर्ने प्रयोग ?

बर्रोलाई त्रिफलाको एक अंग मानिन्छ। यसको बोक्रा निकाल्नुहोस् र पाउडर बनाउनुहोस्। त्यसपछि यस पाउडरमा जामुनको सिरका मिलाएर हनिर्या भएको भागमा लगाउनुहोस् । यो लेपलाई एक देखि डेढ घण्टासम्म त्यसै छोडिदिनुहोस् ।

ध्यान दिनुहोस् की आयुर्वेदिक यो उपाय गम्भिर हर्नियाका लागि भने गर्न हुँदैन्। सुरुवाती लक्षण देखिदा मात्र यसको प्रयोगले ठिक पार्न सकिन्छ। यदी जटिल किसिमको हर्निया देखियो भने यसको प्रयोग उपयोगी हुँदैन्। यसको प्रयोग गर्नुपूर्व तपाईले चिकित्सको सल्लाह पनि लिनु निकै उत्तम मानिन्छ।

हर्नियाका लक्षणहरु

शरीर कुनै कुराको लक्षणहरु देखिएता पनि त्यसलाई वेवास्ता गर्छौं,जसले भविष्यमा गम्भीर स्थिति उत्पन्न गर्छ। त्यसैले यदि तपाईंले त्यस्ता लक्षणहरु देख्नु भयो भने तुरुन्त डाक्टरसंग भेट्नु पर्छ। जसले गर्दा समयमा नै उपचार हुन्छ।

खोक्दा, हाछ्यँ गर्दा अथवा सामान उठाउँदा पेटको तल्लो भागमा पीडा महसुस गर्नु हर्नियाका लक्षण हो। त्यस्तै पेटमा भारीपनको महसुस हुनु, बान्ता र कब्जियतको समस्या र सुनिएको ठाउँमा पीडा हुनु पनि यस रोगका लक्षणहरु हुन्।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34