KFGVRFI34

पिरतीले जुरायो छोरीको हत्या, हत्या गर्ने आमा र प्रेमी लाई मृत्युदण्डको सजाय,

0

कोलकत्ता महानगरसँग जोडिएको हावडा जिल्लाको अदालतले बिहीबार आमा र उनका प्रेमीलाई मृत्युदण्डको सजाय सुनाएको छ । आमाले प्रेमीसँग मिलेर गरेकी छोरीको हत्या गरेको मुद्दामा हावडा फास्ट ट्र्याक अदालतले दुवैलाई दोषी ठहर गरेको हो ।बिहीबार अदालतले दुवै दोषीलाई मृत्युदण्डको फैसला सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।सो हत्या सन् २०१५ को डिसेम्बरमा भएको थियो ।

हावडा जीआरपीले फलकनामा एक्सप्रेसको झोलाबाट एक बालकको विकृत शव बरामद गरेको थियो, त्यसपछि सो घटनाको सनसनी खुलेको थियो ।

समाचार अनुसार हसिना सुल्ताना आन्ध्र प्रदेशको गुन्टुरस्थित आफ्नो ससुरा घर छोडेर बच्चासहित प्रेमीसँग भागेकी थिइन् । त्यसपछि उनी आफ्नो प्रेमी भानु शाहसँग हैदरावादको बंजारा हिल्स क्षेत्रमा बस्न थालेकी थिइन् । उनको प्रेमी त्यहाँ भाडाको घरमा बस्थे तर हसिनाका छोरी जिसान उनीहरु दुबैको बीचको प्रेममा बाधक बन्न पुगिन् । त्यसैले आफ्नो प्रेमीको सहयोगमा जिसानकी आमा हसिनाले प्रेमीसँग मिलेर छोरीको हत्या गरिन, जुन निकै बिभत्स अवस्थामा शव भेटिएको थियो ।

उता, छोरी र नातिनी नभेटिएपछि सुल्तानाका परिवारले उनको फोटोसहित प्रहरी चौकीमा हराएको उजुरी दिएका थिए । हावडा स्टेशनमा जिसानको शव फेला परेपछि ती तस्बिरहरूको आधारमा अनुसन्धान अघि बढ्यो र जिसानको हत्या भएको खुल्न गयो । त्यसपछि सुरू भएको प्रहरी अनुसन्धान अनुसार हावडा जीआरपीले सुल्ताना र उनका प्रेमी भानुलाई आन्ध्र प्रदेशबाट पक्राउ गरेको हो ।

सरकारी वकिल अरिन्दम मुखोपाध्यायले फास्ट ट्र्याक अदालतका न्यायाधीशले प्रमाणका आधारमा दुवैलाई दोषी ठहर गरेको बताए । उनले दुवैलाई मृत्युदण्डको सजाय सुनाएको जानकारी दिएका छन । तर, दोषीका वकिल फिरोज सरकारले फाँसीको आदेशलाई उच्च अदालतमा चुनौती दिने बताए ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34