KFGVRFI34

दुर्गा प्रसाईंका सुरक्षा गार्ड हतियारसहित पक्राउ,

0

दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ परेका छन् । सोमबार दिउँसो प्रहरीले सर्वोच्च अदालत परिसरबाट उनलाई हतियारसहित नियन्त्रणमा लिइएकाे हाे ।

पक्राउ पर्नेमा बडिगार्डहरू दीपक खड्का र रामकुमार धिमाल छन्।

सर्वोच्च परिसर भित्र नै हतियार लिएर प्रवेश गरेकाे भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको छ ।

उनीहरू बिहान पौने ११ बजे दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालत प्रवेश गर्नेक्रममा बन्दुक भेटिएको हो।

सर्वोच्च अदालतको मूलगेटमा रहेका प्रहरी निरीक्षक विजय भण्डारी सहितको टोलीले चेक गर्नेक्रममा उनीहरूबाट बन्दुक बरामद गरेको हो।

‘ठूले स्वीडेन’ लेखिएको कालो र‌ंगको झोलाभित्र स्वचालित हतियार एउटा, सानो दुई वटा म्यागजिन, दुई वटा ठूलो म्यागजिन, एउटा म्यागजिन होल्डर, १०० राउण्ड गोली पनि बरामद भएको छ।

प्रहरीका अनुसार बरामद भएको हतियार जिल्ला प्रशासन कार्यालय झापाबाट इजाजत प्राप्त भएको हो।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34