KFGVRFI34

घोराही सिमेन्टकाे बोनस शेयर नेप्सेमा सूचीकृत,

0

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा घोराही सिमेन्टकाे बोनस शेयर सूचीकृत भएको छ ।

घोराही सिमेन्ट कम्पनीको १५ प्रतिशत अर्थात ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

 

बोनस शेयर सिमेन्ट कम्पनीको तेस्रो वार्षिक साधारण सभाले अनुमोदन गरेको थियो । उक्त बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34