KFGVRFI34

पौडी खेल्न गएका तीन जना बालबालिका बेपत्ता

0

उदयपुरमा सुनकोशी नदीमा पौडी खेल्न गएका तीन जना बालबालिका बेपत्ता भएका छन्।

आइतबार दिउँसो त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङस्थित नदीमा पौडी खेल्न गएका तीन जना बालबालिका बेपत्ता भएको जिल्‍ला प्रहरी कार्यालयका एसपी रमेश थापाले जानकारी दिनुभयो|

उहाका अनुसार बालबालिकाहरूलाई आइतबार दिउँसो २ बजे नदीले बगाएको थियो।

बेपत्ता हुनेमा त्रियुगा-१४ साउनेकी १२ वर्षीया रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर छन्।

उनीहरूको खोजी कार्य भइरहेको छ |

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34