KFGVRFI34

मलेसियाले सुरक्षा गार्डबाहेक अन्य कामको लागि विदेशी कामदार नलिने,

0

मलेसियाले ३१ मार्च २०२४ देखि विदेशी कामदारलाई कलिङ भिसा जारी नगर्ने घोषणा गरेपछि मलेसियास्थित नेपाली दूतावासले भिसा प्रमाणीकरणको काम रोकेको छ ।

मलेसिया सरकारले गत महिना नै आगामी मे ३१ तारिखभित्र प्रमाणिकरण भइसकेका विदेशी कामदार ल्याइसक्नुपर्ने र त्यसपछि सुरक्षा गार्डवाहेक अरुलाई भिसा नदिने घोषणा गरेको थियो । मलेसियामा सुरक्षा गार्डवाहेक केयर गिभर लगायतका काममा पनि लाखौं नेपालीहरु कार्यरत रहेको अनुमान गरिन्छ ।

मे महिनाभित्र विदेशी कामदार नआएको कोटा खारेजीमा पर्ने मलेसियाका गृहमन्त्रालयले जनाएअनुसार नै नेपाली राजदूतावासले नेपालमा रहेका म्यानपावर लगायतका सरोकारवाला पक्षलाई जानकारी गराइसकेको छ ।

 

नेपालका ४० भन्दा बढी म्यानपावर कम्पनीले मलेसियाको रोजगारीमा निर्भर रहेका छन्। मलेसिया सरकारको पछिल्लो निर्णय नेपालको श्रम बजारमा समस्या पर्ने वैदेशिक रोजगार व्यवसाय संघका महासचिव मेघनाथ भुर्तेलको भनाइ छ । उनका अनुसार यस विषयमा कुटनीतिक पहल आवश्यक रहेको उनको भनाइ छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34