KFGVRFI34

पुरुषको तुलनामा महिलाको दिमाग तेजिलो : महिलाले ५० वर्ष पुरानो शब्द पनि सम्झन सक्छन् !

0

एजेन्सी- महिलामा ५० वर्ष पुग्दा पनि शब्द सम्झने क्षमता हुने एक अध्ययनले देखाएको छ ।

उनीहरुको दिमाग पुरुषको तुलनामा बढी सक्रिय हुने अध्ययनले जनाएको छ । नर्वेको बर्गेन विश्वविद्यालयमा गरिएको एक अनुसन्धानमा यो खुलासा भएको हो ।

अनुसन्धानका लागि टोलीले विगत केही वर्षदेखि पुरुष र महिलाको मानसिक क्षमताको तथ्याङ्क सङ्कलन गरेको थियो । यसको मेटा-विश्लेषणमा, ३ लाख ५० हजार भन्दा बढी सहभागीहरूको डाटा लिइएको थियो ।

अहिलेसम्मको यो सबैभन्दा ठूलो डाटा रिसर्चमा महिलामा धाराप्रवाह बोल्ने क्षमता बढी रहेको खुलासा भएको छ ।
महिलाको स्मरण शक्ति पनि पुरुषको तुलनामा राम्रो हुने अध्ययनले बताएको हो ।

महिलाहरू निश्चित अक्षर वा वर्गबाट ​​शुरू हुने नाम र शब्दहरू खोज्न र सम्झन सक्षम हुन्छन् । अन्वेषक मार्को हिर्सटाइनले बौद्धिक सीपको हिसाबले महिला र पुरुषबीच कुनै भिन्नता नभएको विश्वास समेत व्यक्त गरेका छन् ।

महिलाको मस्तिष्कको कोर्टेक्स र लिम्बिक प्रणालीमा रगतको प्रवाह बढी हुने र तरल पदार्थको मात्रा पनि बढी हुन्छ, जसका कारण उनको मस्तिष्क पुरुषको तुलनामा बढी सक्रिय हुने उनको भनाइ छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34