टी-२० सिरिज अन्तर्गत आज दोस्रो खेलमा पनि नेपाल पराजित,
नेपालको ‘ए’ टिमले आयरल्याण्ड विरूद्धको टी-२० सिरिज अन्तर्गत आज दोस्रो खेलमा हार बेहोरेको छ
बिहीबार वर्षाका कारण खेल रद्द भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले खेल तालिका परिमार्जन गरेको थियो।
सो अनुसार शुक्रबार टी-२० सिरिजको पहिलो खेल भएको थियो।
पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित भएको थियो।
लोकेश बमले शतक र आरिफ शेखको ४९ रनका बाबजुद २२३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले २०१ रनमात्रै बनाउन सकेको थियो।
आजको खेल जित्न सके नेपाल ‘ए’ले सिरिज जित्ने सम्भावना कायम राख्नेछ भने हारेको अवस्थामा सिरिजको एक खेल बाँकी छँदै पराजित हुनेछ। सिरिजको अन्तिम खेल सोमबार हुनेछ।
टी-२० सिरिज सकिएलगत्तै चैत २१, २३ र २५ गते एकदिवसीय सिरिजका खेल खेल्नेछ।
क्यानले ४० जना खेलाडीबाट टी-२० र एकदिवसीय खेल्ने टिम छानेको थियो। एकदिवसीय सिरिजको कप्तानी पनि विनोद भण्डारीले गर्नेछन्।
टी-२० खेल्ने नेपाल ‘ए’ मा भण्डारीसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री छन्।
त्यस्तै एकदिवसीय टोलीमा भण्डारीसहित अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल सिंह ऐरी, शाहब आलम, रन्जित कुमार, रूपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल छन्।