KFGVRFI34

आगामी आर्थिक वर्षको बजेट कनिका छरेजसरी नछर्नु- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाल,

0

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजसरी नछर्न मन्त्रीहरुलाई आग्रह गरेका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उनले आगामी आर्थिक वर्षको बजेट विगतको जस्तैगरी कनिका छरेजसरी नछर्न आग्रह गरेका हुन्।

सांसद ढकाले पहुँचको आधारमा आफ्नो क्षेत्रमा बजेट लान दिनु नहुने पनि बताए । उनले सांसदहरुको लेटरप्याडलाई चिर्कटोको संज्ञा दिँदै चिर्कटोमा लेखेर दिएको भरमा आयोजनामा बजेट दिनु नहुने बताए । सांसद ढकालले बजेट विनियोजनमा विगतको निरन्तरता दोहोर्याउनु नहुने बताए ।

उनले पूर्वी चितवनमा आगामी आर्थिक वर्षसम्म इलाका प्रशासन कार्यालय लानका लागि माग गरे ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34