KFGVRFI34

ट्वाइलेटमा मोबाइल चलाउने बानी छ ?

0

धेरै मानिसको चाहना हुन्छ, मोबाइल हरक्षण आफ्नै साथमा होस् । उनीहरु मोबाइल बिना केही नसोच्नेसम्म भएका छन् । केही मिनेट टाढा बस्दा पनि अत्यासिन्छन् । सुत्दा, उठ्दा, खाँदा, हिँड्दा जतिबेला पनि यही मोबाइलमैै झुम्मिने जमात बढ्दो छ ।

हुँदाहुँदा ट्वाइलेटमा पनि मोबाइल छुट्दैन । धेरैलाई यो लत लागिसकेको छ । ट्वाइलेटमा मोबाइल प्रयोग गर्नुहुन्न भन्ने ज्ञान भएपनि उनीहरु त्यतिबेला अज्ञानी बनिदिन्छन् । धेरै मानिसहरु ट्वाइलेटमै लामो समयसम्म च्याट गर्ने, गेम खेल्ने, भिडियो हेर्ने लगायतका गतिविधि गर्छन् ।

यसर्थ सामान्य अवस्थामा भन्दा मोबाइल लिएर ट्वाइलेट जाँदा ट्वाइलेटमा धेरै समय खर्च हुन्छ । वास्तवमा ट्वाइलेट धेरै ब्याक्टेरिया हुने स्थलमध्ये एक हो । अझ धेरैले प्रयोग गर्ने साझा ट्वाइलेट छ भने त्यहाँ ब्याक्टेरियाको दर उच्च हुन्छ ।

ट्वाइलेटको पानी र हावामा ब्याक्टेरियाका कणहरू फैलिरहेका हुन्छन् । फोनको कभर र केसहरू सामान्यतया रबरबाट बनाइन्छ, जुन ब्याक्टेरियाहरूको लागि न्यानो र आरामदायी ठाउँ बनिदिन्छ ।

ट्वाइलेटमा साल्मोनेला, ईकोली, शिगेला, क्याम्पलोब्याटर जस्ता ब्याक्टेरियाहरु सक्रिय हुन्छन्, जुन मानव स्वास्थ्यका लागि निकै प्रतिकूल हुने चिकित्सा विज्ञानले पुस्टि गरिसकेको छ ।

साथै ट्वाइलेटमा ‘फ्लस’ गर्दा अथवा पानी हाल्दा युरिन तथा फोहोर वस्तुहरु केही फिटमाथिसम्म आउँछ र हावामा मिसिन्छ । जुन रोग संक्रमणको कारण बन्छ । जति पटक ‘फ्लस’ गर्नुहुन्छ उति पटक किटाणु हावामा फैलने गर्छ ।

ट्वाइलेटमा मोबाइल लिएर जाँदा त्यस्ता ब्याक्टेरिया हाम्रो मोबाइलमा जोडिन्छन् । साथै तपाईंलाई ग्यास्ट्रो र स्टेफ जस्ता भाइरसहरू फैलाउने जोखिम पनि हुन्छ, जुन तपाईंको फोनबाट सजिलै प्रसारित हुन्छ ।

ट्वाइलेटबाट निस्कँदा हामी हात त धुन्छौँ तर मोबाइल धुने कुरा आएन । अनि त्यही फोन हामी दिनभर हातले समात्छौँ, त्यहि हातले खाने कुरा खान्छौं ।

यस्तो हुँदा त्यहाँबाट ती ब्याक्टेरियाहरु बाहिर आउँछन् जुन हाम्रो पेटसम्म पुग्छन् । यसकारण चिकित्सकहरु ट्वाइलेट, अझ पब्लिक ट्वाइलेटमा मोबाइल लैजाने बानी पूर्ण रुपमा त्याग्न सल्लाह दिन्छन् ।

मोबाइल तपाईंको सुविधाका लागि मात्रै हाेइन, रोग संक्रमणको साथी पनि हुन सक्छ । बेलैमा सावधानी अपनाउनुहोस् र गलत बानी आजैदेखि त्यागिदिनुहोस् ।

ट्वाइलेटमा फोनबिना बस्नै सक्नुहुन्न भने, ‘स्पिरिट’ ले फोनलाई बारम्बार सफा गर्नुहोस् । यसका साथमा आफ्नो फोन नियमित रुपमा डिसइन्फेक्सन गर्नु राम्रो हुन्छ । टचस्क्रिनमा समेत सावधानीपूर्वक स्प्रे प्रयोग गर्न सकिन्छ ।

त्यस्तै ट्वाइलेटबाट आएपछि राम्रोसँग साबुनपानीले हात धोएर मात्रै आफ्नो फोन चलाउनु स्वास्थ्यका दृस्टिकोणले उत्तम हुन्छ । अरुको मोबाइल पनि हत्तपत्त छुने बानी त्याग्नु राम्रो हुन्छ ।

अनुसन्धानले हाम्रो फोनको स्क्रिनमा सबैभन्दा बढी ब्याक्टेरिया र यिस्ट लगायतका किटाणुहरु हुने देखाएको छ । यसकारण फाेनकाे समेत नियमित सरसफाइ गर्ने बानी बसाल्नुपर्छ ।

बाथरुम वा ट्वाइलेमा मोबाइल प्रयोग गर्ने बानीले गम्भिर रोग निम्त्याइरहेको विशेषज्ञहरुको दाबी गर्छन् । ट्वाइलेट बाहिर प्रयोग गरिने वस्तु, मोबाइल वा अन्य वस्तु ट्वालेट भित्र प्रयोग गर्न नहुने उनीहरु सुझाउछन् ।

जब तपाई ट्वाइलेटमा ‘फ्लस’ गर्नुहुन्छ अथवा पानी हाल्नुहुन्छ, युरिन तथा फोहोर वस्तुहरु केही फिटमाथिसम्म आउँछ, हावामा मिसिन्छ । जुन रोग संक्रमणको कारण बन्छ ।

जति पटक ‘फ्लस’ गर्नुहुन्छ उति पटक किटाणु हावामा फैलने गर्छ । ट्वाइलेटमा राखिएको ‘पेपर होल्डर’मा सबैभन्दा बढी किटाणु बसेका हुन्छन् । धेरै जसोले आफ्नो फोन त्यही ‘पेपर होल्डर’मा राख्ने गर्छन् ।

जसका कारण इ–कोइल, सालमोनेला, सि–डिफिसाइलजस्ता ब्याक्टेरिया फोनमा सल्किन्छ। अनि त्यहि फोन हामी दिनभर हातले समात्छौँ, त्यहि हातले खाने कुरा खान्छौं।

यति गर्दा पनि ट्वाइलेटमा फोन बिना बस्नै सक्नुहुन्न भने, ‘स्पिरिट’ ले फोनलाई बारम्बार सफा गर्नुपर्ने उनीहरु सुझाउँछन् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34