KFGVRFI34

नेपालको ‘ए’ क्रिकेट टिमलेआयरल्यान्डलाई दियो २१४ रनको लक्ष्य।

0

आयरल्यान्ड वुल्भ्सविरूद्धको तेस्रो टी-२० खेलमा नेपालको ‘ए’ क्रिकेट टिमले २१४ रनको लक्ष्य दिएको छ।

यसअघिका दुई खेलमा पराजय भोगेर सिरिज गुमाइसकेको नेपालले तेस्रो खेलमा सोमबार टस हारेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २१३ रन जोडेको हो।  नेपालले पछिल्लो पाँच ओभरमा ८४ रन जोडेको थियो।

नेपालका लागि आरिफ शेखले उत्कृष्ट ब्याटिङ गरे। आरिफले नटआउट ९३ रन जोडे। उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे।

कमलसिंह ऐरीले ७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै नटआउट १९ रन जोडे।

रशिद खानले १३ बल खेलेर ३ छक्का प्रहार गर्दै २४ रन जोडेका थिए।

त्यसअघि ओपनरद्वय लोकेश बम ८ रन र देव खनाल ६ रन जोडेर आउट भए। कप्तान विनोद भण्डारीले ११ रन जोड्दा बसिर अहमदले १९ रन बनाए।

पवन सर्राफ १३ रन र नारायण जोशी १ रनमा आउट भए।

बलिङ आयरल्यान्डका फिन ह्यान्डले २ विकेट लिए।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34