KFGVRFI34

लगानीकर्ताहरु लघुवित्त कम्पनीहरुमा आकर्षित,

0

मंगलबार दोस्रो बजारका लगानीकर्ताहरु लघुवित्त कम्पनीहरुमा आकर्षित भएका देखिएको छ। यस दिन १३ उपसमूहमध्ये लघुवित्त उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ।

 

यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.८९ प्रतिशत बढेको छ। अरु उपसमूहको परिसूचक यस दिन सामान्य अंक बढेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक भने घटेको छ।

यस दिन शेयरमूल्य बढेका शीर्ष १० कम्पनीहरुमो सूचीमा ९ लघुवित्त कम्पनी परेका छन्। जसमध्ये यस दिन गुराँस लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने गणपति लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन उपकार लघुवित्तको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन ज्योति विकास बैंक बण्ड २०८७ को मूल्य सर्वाधिक ७.५० प्रतिशत घटेको छ।

मंगलबार नेप्से परिसूचक १.८५ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ०.१२ अंक घटेको छ। यता सेन्सेटिभ इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स भने यस दिन क्रमशः ०.५३ अंक र ०.१८ अंक बढेको छ।

यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ८७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१२ स्टकको ४६ हजार २३५ पटकको कारोबारमा २ अर्ब २९ करोड १६ लाख रुपैयाँ बराबरको ६१ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १४ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यस दिन सर्वोत्तम सिमेन्टको साढे ९ करोडको शेयर कारोबार भएको छ भने तारागाउँ रिजेन्सी होटलको करिब साढे ७ करोडको शेयर किनबेच भएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34