KFGVRFI34

चैत २१ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड, अहिले सम्म कै महँगो।

0

 गत सोमबार नयाँ रेकर्ड बनाएर मंगलबार घटेको सुनको मूल्यले, यस दिन सो रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा १ हजार ८०० रुपैयाँ बढी हो। यस अघि गत सोमबार (चैत १९ गते) यस्तो सुनको मूल्य १ लाख ३१ हजार ६०० पुगेर रेकर्ड बनाएको थियो।

यस दिन तेजाबी सुन भने १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँ बढेर हालसम्मकै महँगो भएको छ। मंगलबार तोलाको १ हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन बढेर १ हजार ६१० रुपैयाँ पुगेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34