KFGVRFI34

जर्मनीबाट ल्याइएको १२ लाख स्मार्ट लाइसेन्स कार्ड छपाइ सुरु,७ बर्ष हुदा पनि नाउने कस्तो स्मार्ट लाइसेन्स होला ?

0

जर्मनीबाट ल्याइएको १२ लाख स्मार्ट लाइसेन्स कार्ड छपाइ सुरु भएको छ । मंगलबार साँझ परीक्षण प्रिन्टिङ सफल भएपछि आजदेखि छपाइ सुरु गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए ।

अब नमेटिने, नपग्लिनेलगायत ल्याब परीक्षण जाँच गरी परीक्षण सफल भएपछि वितरण गरिने उनले बताए । “जर्मनी नै पठाएर परीक्षण हुन्छ,” उनले भने ।

योसँगै लामो समयदेखि रोकिएको स्मार्ट लाइसेन्स प्रिन्ट हुने भएको छ । १२ लाख कार्ड विभागसँग छ । तर, १६ लाखभन्दा बढी चालकलाई स्मार्ट लाइसेन्स कार्ड दिन बाँकी रहेको विभागले जनाएको छ ।

जर्मन कम्पनीले बनाएको कार्ड छाप्न विभागसँग मद्रास सेक्युरिटी प्रिन्टर्सबाट खरिद गरिएको मेसिन छ । कार्डको ‘स्पिसिफिकेसन’ नमिल्दा यसअघि उक्त मेसिनमा प्रिन्ट सम्भव भएको थिएन ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34