KFGVRFI34

नेपाल आइडल सिजन-२ का विजेता रवि ओडविरुद्ध उनकै श्रीमतीले जाहेरी,

0

नेपाल आइडल सिजन-२ का विजेता रवि ओडविरुद्ध उनकै श्रीमतीले जाहेरी दिएकी छिन् । गत २० गते उनले आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै जाहेरी दिएकी हुन् ।

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत ओड पत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जानकारी दिए । अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको उनले बताए । गायक ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो । उनी अहिलेसम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34