KFGVRFI34

शुक्रबार सुन र चाँदी दुबैको भाउ घटेको छ।

0

शुक्रबार सुन र चाँदी दुबैको भाउ घटेको छ। सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

बिहीबार छापावाला सुन हालसम्मकै उच्च मूल्य १ लाख ३४ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै शुक्रबार चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी पनि हालसम्मकै उच्च मूल्य प्रतितोला १ हजार ६५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34