KFGVRFI34

सहकारीको बिवादमा तानिएपछी निकिता पौडेल लेख्छीन्-म विगत १५ वर्ष देखि…….

0
सहकारीको बिवादमा तानिएपछी निकिता पौडेल लेख्छीन् : म विगत १५ वर्ष देखि मिडिया व्यवसायमा छु। कहिले कसैलाई ठगेर लुटेर खानु परेन। म एक संचारक्षेत्रको तथा उधमी महिला भएकाले बैंक वित्तीय संस्थाहरुसँग ऋण धन हुन्छ,लिनु पनि हुन्छ, दिनु पनि हुन्छ।
मिडिया चलाउदाको १५ वर्षको इतिहासमा एक दिन पनि समाचार देखाएर तर्साएर खाने धन्दा गरिन।आफ्नो मिडियाका कर्मचारी पत्रकारहरुको तलब आजका मितिमा बाँकी राखेको छैन। घाटा लागेको, तलब समेत खुवाउन नसकेको संस्थालाई किर्ते गरि कागज मिलाइ नाफामा देखाएर IPO खोली आम मान्छेलाई लुटेको छैन। र यसमा मलाई दुख होइन गर्व छ। मैले पढेको,अभ्यास गरेको मिडिया र परिवारबाट पाएको संस्कारले मलाई लुटेर,ठगेर होइन मेहनत गरेर खान सिकाएको छ। म कसैको छोरी श्रीमति भन्दा पहिले एक उध्यमशील स्वाबलम्बी नारी हुँ। यो परिचय मैले जीवनभर मेहनत गरेर आफैंले आर्जन गरेकी हुं र म बाचुन्जेल कसैलाई पनि मेरो यो परिचयमा हिलो छ्याप्न दिन्न।
मैले तिरी सकेको ऋणलाई लिएर मलाई ठग करार गर्ने गरि फोटो छापेर हेडलाईन बनाउने शिक्षा पत्रकारीताको कुन किताबको कुन पृष्ठमा छ? मैले पनि अन्तर्राष्ट्रिय विश्व विध्यालबाट मिडिया नै अध्ययन गरेकी हुँ, १५ वर्ष देखि अभ्यास समेत गर्दैछु। तर नेपाली मिडियाको यस्तो दुर्दशापुर्ण अवस्था आउनुको दोषी स्वयं मिडिया संचालकहरु नै हुन् भन्ने कुरामा मलाई अब शंका छैन। अरु मिडियाको तुलनामा मैले संचालन गरेको मिडिया “टिभी फिल्मी” सवै भन्दा धेरै संकटमा गयो। तर मैले हार मानिन ,बरु त्यसलाई “नारी टिभी” मा परिणत गरें जुन झनै कठिन हुने वाला छ। तर जति सुकै कठिन भए पनि म गलत काम र ठगी गरेर एक पैसा पनि कमाउदिन!
अब कुरा आयो न्यायको। मैले यत्रो संघर्ष गरि आर्जन गरेको प्रतिष्ठामा सजिलै फोटो टासेर ठग करार गर्न खोजेको म कसरी स्वीकार गरौ ? म मान्छे हुँ, महिला हुँ, म छोरी हुँ,आमा हुँ, दिदी हुँ,बहिनी हुँ, श्रीमती हुँ। त्यो भन्दा माथी म आफ्नै खुट्टामा उभिन सक्ने सक्षम सबल स्वाभिमानी नारी हुँ। मलाई देवी हुनु छैन,मान्छे सम्म हुन पाए पुग्छ, असल नारी हुन पाए पुग्छ। र म कसैको दया मायामा नारी हुन चाहन्न। म लडेर आफ्नो नारी हुनुको अधिकार प्राप्त गर्न चाहन्छु।
एउटी महिला उध्यामीलाई सारा पुरुष मिडिया उध्यमी मिलेर ,तिरी सकेको ऋण बारे भ्रम छर्दै मेरो फोटो छापेर, मेरो हजुरबुवाको नाम समेत गलत लेखिएको कैफियत देखिएको कागजात छापेर, सबका सब मिलेर एउटै हेडलाईन राखेर चरीत्र हत्या गरेको सहेर बस्नु मेरो आत्मसम्मानले कदापी दिदैन। त्यसैले म न्याय माग्न, प्रेस काउन्सिल र अदालत गएकि छु। मलाई यो पनि भनिएको छ यति ठुला मिडियाका विरुद्ध मुद्दा हाल्न आटै गरिदैन, मुद्दा परे पनि फैसला छिटो गर्ने आटै गरिदैन, फैसला भैहाले पनि उसका बिरुद्द्मा फैसला आउन गार्हो हुन्छ, फैसला आए पनि क्षतिपूर्ति एकदमै कम पाइन्छ । थप मलाई यो पनि भनिएको छ कि मिडियालाई मुद्दा हाल्दा तिम्रो श्रीमानको राजनीति लाई नै ठूलो धक्का दिइनेछ, तिमीहरूलाई झन गार्हो बनाइनेछ। उल्टै घाटा नै घाटा हुन्छ।
म भन्न चाहन्छु, सर्वस्व सकिए पनि म न्याय मागेरै छोड्छु। मलाई मेरो देशको न्यायालय र न्यायमुर्ती प्रती भगवान जत्तिकै विश्वास छ। मैले आजिवन दुख गरेर कमाएको प्रतिष्ठामा मेरो प्रतिक्रिया समेत नसोधी ठाडै चरीत्र हत्या गर्ने लाइसेन्स उनीहरु लाई कसले दियो? एउटी नारी माथी सबैले मिलेर देखाएको यो “पुरुषार्थलाई” मेरो चुनौती छ। न्याय मलाई मात्र चाहिएको छैन, जसले जसलाई जे पनि बोल्ने लेख्ने तर सजाय पटक्कै नहुने कुराले आक्रन्त यो सिङ्गो समाजलाई नै न्याय चाहिएको छ। तिमीहरु आफ्नो पुरुषार्थ देखाउदै गर्नु, म अदालत तिर लागें ।
I will see you all in the COURT
You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34