KFGVRFI34

सुनसरीको ५ पालिकामा कर्फ्यू,

0

दुई समुदायबीच विवाद बढेपछि सुनसरीका पाँच पालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको छ । एक युवकलाई कुटपिट गरेको विषयमा दुई समूहबीच झडप भएपछि प्रशासन कार्यालयले पाँच वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले बताए ।

उनका अनुसार इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको हो ।

दुई समूहबीचको झडपले उग्ररुप लिएपछि अनिश्चितकालका लागि प्रशासनले पाँच पालिकामा कर्फ्यू आदेश जारी गरेको हो ।

भुटाहामा शुक्रबार भएको झडपमा परी चार जना घाइते भएका छन् । जसमा दुई जनालाई गोली लागेको छ । स्थीति नियन्त्रणका लागि प्रहरीले चार दर्जनभन्दा बढी अश्रुग्याँस र हवाई फायर गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि झडप स्थल हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बर वडामा मात्रै निषेधाज्ञा जारी गरेको थियो । तर विवाद बढेपछि कर्फ्यू आदेश जारी गर्दै सुरक्षा सतर्कता बढाएको छ ।

निषेधित स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली, भेला जम्मा, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न र नगराउन प्रशानले जारी गरेको कर्फ्यू आदेशमा उल्लेख छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34