KFGVRFI34

जत्ति धेरै हासिन्छ, तेत्ति धेरै बाचिन्छ, भने जस्तो हाँस्नुका फाइदा……….

0

हँसिलो मुहार, भएको मानिस सबैको प्यारो हुन्छ। प्रायः सफल मानिसका पछाडि हाँस्नु अर्थात् जस्तोसुकै परिस्थितिमा पनि जो मुस्कुराउन सक्छ, उसैको जीवन सफल हुन्छ। हाँस्नु स्वास्थ्यका दृष्टिले समेत एकदमै फाइदाजनक मानिन्छ।

हाँस्नुका  फाइदा

१. हाँस्दा हाम्रो शरीरमा एडोलसेन्स नामक हर्मोन उत्पन्न हुन्छ। यो हर्मोनको काम तनाव कम गर्ने हो। तनावकै कारणले हुने विभिन्न रोगबाट बच्नसमेत हाँस्न जरुरी छ।

२. हाँस्दा शरीरुका अंगहरु सक्रिय हुन्छन्। जसका कारण हाम्रो शरीरमा स्वतः उर्जा आउँछ।

खुलेर हाँस्दा रक्तप्रवाह राम्ररी हुन्छ। शरीरमा पर्याप्त अक्सिजन पुग्छ, र मुटुको पम्प रेटलाई ठिक राख्न मद्दत गर्छ।

३. व्यायाम गर्ने मानिस प्रायः सधैँ हँसिलो देखिन्छन्। मुस्कुराउने वा नरम हुनाले एक अर्कासँगको सम्बन्ध पनि सुमधुर हुन्छ।

४. जब हामी हाँस्छौँ, फोक्सोमा ताजा हावा पुग्छ। यसले शरीरमा अक्सिजनको आपुती सहज बनाइदिन्छ। शरीरमा सकारात्मक उर्जा प्रदान हुन्छ। पीडा, चिन्ता दूर गराउँछ। नकारात्मक भावना पैदा हुन दिँदैन।

५. अमेरिकामा भएको एक अध्ययनले हँसिलो मानिसको परिवारमा सम्बन्ध विच्छेद कम हुने देखाएको छ। मुस्कुराएर बोल्दा परिवारमा झैझगडा कम हुने सम्बन्ध सुमधुर रहन्छ।

६. अध्ययन अनुसार मुस्कुराहटले मानिसको मुटुको चाल वा धड्कनलाई सन्तुलित बनाउन मद्दत गर्छ । हाँसिरहने मानिसको आयु खासै हँसमुख नहुनेको
भन्दा ६ वर्ष बढ्ने बताइएकेा छ ।

७. तनावलाई कम गर्नमा मुस्कुराउने वा हाँस्ने कामले उर्जावर्धक चिजको काम गर्छ । मुस्कुराउँदा सरीरमा एन्डोफिर्न हर्मोन उत्सर्जन हुन्छ जसले तनाव कम गर्नुका साथै मूडलाई समेत रिल्याक्स बनाउँछ ।

८. दुखाइ कम गर्नका लागि समेत हास्नु मुस्कुराउनु निकै लाभदायक हुन्छ । हाँसोले सरीरमा खुसीको अनुभुति गराउने हर्मोन बढाउँछ जसका कारण सकारात्मक सोँच बढ्नुका साथै दुखाइ पनि कम हुन्छ ।

९. हाँसो तथा मुस्कानले सरीरमा रोगप्रतिरोधी क्षमता समेत बढाउँछ । यसले व्यक्तिको मनोवैज्ञानिक उर्जालाई समेत प्रवर्द्धन गर्दछ । रोगप्रतिरोधी प्रणालीलाई सक्रिय बनाउनका लागि सरीरमा टी कोषहरु हुन्छन् । हाँसेको बेला सरीरका टी कोषहरु सक्रिय हुन्छन् । त्यसैले हाँस्ने कामले जिउको रोगप्रतिरोधी क्षमता बढाउँछ ।

१०. कम रक्तचाप भएका मानिसहरुका लागि समेत हाँसो तथा मुस्कान आवश्यक हुन्छ । हाँसोले रक्तचाप सन्तुलनमा सहयोग पूराउनुका साथै हृदयाघातको जोखिम समेत घटाउँछ ।

११. हाँसो केवल मुटु तथा मस्तिष्कका लागि मात्र होइन मांसपेशीका लागि समेत फाइदाजनक हुन्छ । जब तपाइँ हास्नुहुन्छ पेटको मांशपेशीहरु फैलिन्छन् र एकअर्काको बढि सम्पर्कमा आउँछन्, व्यायामका बेलामा जस्तै । तसर्थ मांशपेशीको तन्दुरुस्तीका लागि समेत व्यायामसँगै हाँस्ने थेरापी उपयोग गर्नु निकै लाभदायक हुन्छ ।

१२. हाँसोले मानिसको सरीरमा सकारात्मक उर्जाको विकाश गर्ने तथा विभिन्न समस्या सँग जुध्ने वा समस्याको समाधान गर्ने विवेक प्रदान गर्न समेत सहयोग गर्दछ ।

१३. जिवनमा उत्साह तथा जोश भर्न, तनाव तथा डरबाट मुक्ति, मूडलाई ठीक राख्न र जिउमा लचिलोपन ल्याउनका लागि समेत उन्मुक्त हाँसो आवश्यक हुन्छ ।

१४. हाँसोका सामाजिक लाभ पनि हुन्छन् । यसले आपसी सम्बन्ध मजबुत बनाउन सहयोग पूराउँछ । हँसिलो मानिस अरुलाई आफुतर्फ आकषिर्त गर्न सफल हुन्छ ।

१५. हाँसो तथा मुस्कानले मानिसलाई नेतृत्व तथा समुहकार्यका लागि समेत सफल बनाउँछ । हँसिलो मानिसमा टिमवर्क तथा नेतृत्वदायी क्षमता बढि हुन्छ । त्यस्तै अरु मानिसलाई आफ्नो सम्बन्धमा टिकाउन समेत हँसिलो अनुहारवाला मानिसहरु सफल हुन्छन् ।

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34