६ बर्षदेखि लुकाइएको चिकित्सा शिक्षा जाचबुझ आयोगको प्रतिबेदन सार्बजनिक ,दोषीलाई कारवाही गर्ने शिक्षा मन्त्रीको निर्णय,
२०७४ मा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा तयार गरिएको प्रतिवेदन यो पाली बल्ल Sumana Shresthaशिक्षामन्त्री भएसी सार्वजनिक भएछ। त्यो बेला जाँचबुझ आयोगले कारवाही सिफारिश गरेका पात्रहरूको नाउँ मात्रै सुन्दा देउवाले प्रतिवेदन बुझ्नै आनाकानी गरेका थिए। त्यसपछि ओली र प्रचण्ड’हरू पनि प्रधानमन्त्री भए, सँगै अनेक शिक्षामन्त्रीहरु पनि फेरिए तर सार्वजनिक गरिनुपर्ने जाँचबुझ आयोगको प्रतिवेदन विगत ६ वर्षदेखि लुकाइयो, कारवाही गरिनुपर्ने ४३ जना उच्चपदस्थ अधिकारीहरू ६ वर्ष देखि जोगाइए!
एउटा ठाडो उजुरीको भरमा संसद अवरोध गर्नेहरूको #नैतिकता – वाह! वाह!! वाह!!!