KFGVRFI34

कुनकुन देशले धूमपानविरुद्ध प्रतिबन्ध लगाएका छन्?, के त्यो प्रभावकारी छ? धूमपानबाट के -के खतरा

0

धूमपानविरुद्ध आफ्नो अभियानमा डब्ल्यूएचओ निकै प्रभावकारी रहिआएको छ। विश्वका अधिकांश देशले धूमपानविरुद्ध कदमहरू चालेका छन्।

कुनकुन देशले धूमपानविरुद्ध प्रतिबन्ध लगाएका छन्?

डब्ल्यूएचओका अनुसार हाल विश्वका १५१ देशमा ‘इन्डोर पब्लिक प्लेस’ मा धूमपान निषेध गर्ने कानुन छन्।

ती कानुनले प्रत्येक १० जनामध्ये सात जनालाई अरूले गर्ने धूमपानको असरबाट जोगाएको डब्ल्यूएचओको भनाइ छ।

जापानमा धूमपान निषेध गरिएको चिह्न
तस्बिरको क्याप्शन,१५० भन्दा धेरै देशमा सार्वजनिक स्थलमा धूमपान निषेध गरिएको छ

सन् २००४ मा कार्यालय, रेस्टुराँ र सार्वजनिक यातायातजस्ता ‘पब्लिक प्लेस’मा धूमपानमा प्रतिबन्ध लगाउने विश्वको पहिलो देश आयरल्यान्ड बन्यो।

त्यसयता युरोपेली सङ्घ (ईयू) का १३ देशले सोही प्रकृतिका कानुन पारित गरे।

यद्यपि ईयूका अनुसार उसका कतिपय सदस्य राष्ट्रले धूमपानिरुद्ध कडाइका साथ कानुनको कार्यान्वयन गराएका छैनन्।

दक्षिण अमेरिकाका सबै देशमा अहिले धूमपानविरुद्धका कानुन छन्।

सन् २००६ मा उरुग्वेले सबै ‘इन्डोर पब्लिक प्लेस’ मा र अस्पताल तथा विद्यालयआसपास धूमपान गर्न प्रतिबन्ध लगायो।

धूमपानविरुद्ध राष्ट्रिय कानुन ल्याउने उक्त महादेशको सबैभन्दा अन्तिम देश पारग्वे हो।

सन् २०२० यता त्यहाँका मानिसहरू निश्चित स्थान, भिडभाड नहुने र ‘आउट्डोर स्पेस’ वा खुला ठाउँमा मात्र सुर्तीजन्य उत्पादन सेवन गर्न पाउँछन्।

सन् २०२३ मा मेक्सिकोले धूमपानविरुद्ध संसारकै सबैभन्दा कडा कानुन ल्याएको छ।

क्यानडामा चुरोटको खिल्लीमा राखिएको चेतावनीको सङ्केत

तस्बिर स्रोत,HEALTH CANADA

तस्बिरको क्याप्शन,क्यानडामा हरेक चुरोटको खिल्लीमा स्वास्थ्यसम्बन्धी सन्देश लेख्नुपर्ने नियम छ

उक्त कानुन अनुसार पार्क, समुद्री तट, होटल, कार्यालय तथा रेस्टुराँलगायतका सार्वजनिक स्थलमा धूमपान गर्न पाइँदैन।

यसको अर्थ मेक्सिकोका मानिसहरूले निजी घरबाहेक अन्यत्र धूमपान गर्न सक्दैनन्।

क्यानडामा सन् २०२४ को जुलाईबाट सुर्तीजन्य वस्तु उत्पादकहरूले प्रत्येक चुरोटमा स्वास्थ्यसम्बन्धी चेतावनी राख्नुपर्ने हुन्छ।

‘प्यान-अमेरिकन हेल्थ अर्गनाइजेशन’का अनुसार अमेरिकी देशहरूमा धूमपान अथवा धूमपान गर्नेहरूको वरिपरि सास फेरेकै कारणबाट बर्सेनि करिब दश लामख जनाको मृत्यु हुने गरेको छ।

यूकेको प्रतिबन्ध के हो?

यूके संसद्
तस्बिरको क्याप्शन,यूकेमा नयाँ चुनाव घोषणा गरिएसँगै धूमपानमा प्रतिबन्धसम्बन्धी एउटा कडा विधेयक कानुन बन्न पाएन

यसै वर्षको सुरुतिर यूके सरकारले ‘टब्याको एन्ड भेप्स बिल’ नामक एउटा कडा विधेयक ल्यायो।

त्यसले सन् २००९ को ज्यानुअरीपछि जन्मेका मानिसहरूलाई इङ्ग्ल्यान्ड र वेल्समा सुर्तीजन्य वस्तु बिक्रीलाई अवैध घोषित गर्न सक्थ्यो।

स्कटल्यान्ड र नोर्दर्न आयरल्यान्डले त्यस्तै कानुन ल्याउने अपेक्षा गरिएको थियो।

हाल यूकेमा चुरोटसहितका सुर्तीजन्य उत्पादन खरिद गर्न पाउने न्यूनतम उमेर १८ वर्ष रहेको छ।

प्रस्तावित कानुनले त्यसलाई प्रत्येक वर्ष एकएक वर्षले बढाउन सक्थ्यो, जसको अर्थ केही समयपछि कोही पनि त्यो किन्न पाउँदैनथे।

यद्यपि जुलाई ४ मा हुने आमनिर्वाचनका लागि मेमा यूकेको संसद्‌ भङ्ग भयो। त्यसकार यो विधेयक कानुन बन्न नपाई प्रस्तावित विधेयक औचित्यहीन बन्यो।

यूकेले अघि सारेको त्यो विधेयक सन् २०२३ मा न्यूजील्यान्डेल ल्याएको एउटा कानुनबाट प्रभावित थियो त्यसमा पनि त्यस्तै प्रतिबन्ध थियो।

सन् २०२४ को जुलाईदेखि न्यूजील्यान्डमा उक्त कानुन कार्यान्वयनमा आउनेवाला थियो। तर सरकार परिवर्तनसँग त्यो खारेज भयो।

प्रतिबन्धले काम गर्छ?

यूकेको न्याश्नल इन्स्टिट्यूट फर हेल्थ एन्ड केअर रिसर्चले धूमपानमा लगाइएको प्रतिबन्धको असरबारे २१ देशमा अध्ययन गरेको छ।

उसका अनुसार हृदयाघात र स्ट्रोकका साथै ब्रोङ्काइटिस र दमको दरमा कमी आएको कुरा प्रमाण देखिएको छ।

यूकेले ‘इन्डोर पब्लिक प्लेस’ मा धूमपानमाथि लगाएको प्रतिबन्ध सन् २००७ मा लम्ब्यायो।

ब्रिटिश मेडिकल जर्नल (बीएमजे) मा प्रकाशित एउटा प्रतिवेदनअनुसार त्यो वर्षयता अघिल्ला वर्षहरूको तुलनामा प्रतिवर्ष हृदयाघातका १,२०० कम बिरामी अस्पताल भर्ना हुने गरेका तथ्याङ्क छ।

दम भएकी बालिका
तस्बिरको क्याप्शन,सार्वजनिक स्थलमा धूमपान प्रतिबन्ध भएकाले यूकेमा थोरै बालबालिका मात्र दमबाट पीडित हुने गरेको बताइन्छ

स्कटल्यान्डमा सार्वजनिक स्थलहरूमा धूमपान गर्न प्रतिबन्ध लगाइएपछि अस्पताल जाने दमका बिरामी बच्चाको सङ्ख्या पाँच भागको एक भागले तीन वर्षसम्म घटेको ग्लास्गो विश्वविद्यालयको अध्ययनले देखाएको छ।

प्रतिबन्ध लगाइनुअघि दमका समस्या भएर अस्पताल भर्ना हुने बालबालिकाको सङ्ख्यामा बर्सेनि ५ प्रतिशतले वृद्धि भइरहेको पाइएको थियो।

अनि प्रतिबन्धले धेरै मानिसलाई धूमपानको कुलत त्याग्न सघाएको छ।

यूक सरकारको तथ्याङ्कअनुसार सन् २००६ मा २२ प्रतिशत वयस्कले धूमपान गर्थे। तर सन् २०२३ मा आएर त्यो सङ्ख्या १४ प्रतिशतमा झरेको पाइएको छ।

डब्ल्यूएचओका अनुसार विश्वभरि चालिएका धूमपानविरोधी कदमहरूका कारण सम्भावित अम्मलीको सङ्ख्याभन्दा ३० करोडले कम हुन गएको छ।

डब्ल्यूएचओले किन युवाहरूलाई लक्ष्यित गरिरहेको छ?

डब्ल्यूएचओका अनुसार सन् २०२२ को तथ्याङ्कले देखाएबमोजिम विश्वभरि १३ देखि १५ वर्ष उमेरका कम्तीमा तीन करोड ७० लाख युवा कुनै न कुनै सुर्तीजन्य उत्पादनका अम्मली छन्।

युरोपमा १३ देखि १५ वर्ष उमेरका ११.५ प्रतिशत किशोर र १०.१ प्रतिशत किशोरी सुर्तीजन्य उत्पादन सेवन गर्ने डब्ल्यूएचओले जनाएको छ।

विद्युतीय चुरोट र निकोटीन पाउचहरू खास गरी युवामाझ लोकप्रिय रहेको पाइएको डब्ल्यूएचओले जनाएको छ।

उसको अनुमान अनुसार सन् २०२२ मा युरोपमा १२.५ प्रतिशत युवाले र २ प्रतिशत वयस्कले ई-चुरोट वा भेप सेवन गर्छन्।

कुनै पनि एकल रोगभन्दा बढी मृत्युकारक रोग निम्त्याउने पदार्थ धूमपान हो । यसले २५ किसिमका रोग प्रत्यक्ष किसिमले निम्त्याउँछ भने दुई तिहाइजति क्यान्सर गराउँछ । सुर्ती सेवनले हानिकारक असर नपार्ने शरीरको कुनै पनि अंग, तन्तु छैन ।

धूमपानको खतरा

सुर्तीजन्य पदार्थले अल्पकालीन तथा दीर्घकालीन गरी थुप्रै रोगहरू लगाउँछ । ३० वर्षको धूमपानकर्ता र ४२ वर्षको धूमपान नगर्नेले १६ किलोमिटर बराबर समयमा पूरा गर्छन् । १ चुरोटले प्रतिदिन ४० सेकेन्ड दौडने क्षमता कम गराउने वैज्ञानिक पुष्टि पनि छ । धूमपानमा भएका करिब ६० वटा क्यान्सर लगाउन सक्ने तत्त्व अर्थात् कार्सिनोजनले शरीरका विभिन्न अगंप्रत्यंगमा क्यान्सर लगाउन सक्छन् ।

सामान्य व्यक्तिलाई भन्दा धूमपानको अम्मलीलाई २ गुणा बढी छालाको क्यान्सर– मेलानोमा, पाठेघर, स्तन तथा मूत्रथैलीको क्यान्सर, २२ गुणा बढी फोक्सोको क्यान्सर, २ गुणा बढी जिब्रोको क्यान्सर, ६–२७ गुणा बढी मुख, र्‍याल ग्रन्थी र श्वासनलीको क्यान्सर, १२ गुणा बढी घाँटीको क्यान्सर हुन्छ । त्यस्तै १०–१८ गुणा बढी भोजन नलीको क्यान्सर, २–३ गुणा बढी आमाशयको क्यान्सर, ५ गुणा बढी मिर्गौलाको क्यान्सर, २–५ गुणा बढी प्यान्क्रियाजको क्यान्सर, ३ गुणा बढी आन्द्रा तथा ५–६ गुणा बढी गुदद्वारको क्यान्सर हुने सम्भावना रहन्छ । चुरोटबाट निस्कने धूवाँमध्ये २५ प्रतिशत धूमपान गर्ने व्यक्तिले लिन्छ र ७५ प्रतिशत हावामा फ्याँक्ने गर्छ, जुन अन्यले सेवन गर्छन् । हावामा फालिएको धूवाँमा धूमपान गर्ने व्यक्तिले तानेको धूवाँमा भन्दा २ गुणा निकोटिन, ३ गुणा कार्बन टार, ५ गुणाभन्दा बढी कार्बन मोनोअक्साइड र ५० गुणाभन्दा बढी क्यान्सरजन्य रसायन हुन्छन् । फलस्वरूप निष्क्रिय धूमपानकर्ता पनि थुप्रै प्राणघातक रोगहरू लाग्ने जोखिममा रहन्छन् ।

हुक्का सेवन गर्नेमा ८२.३ र ई–सिगरेट सेवन गर्नेमा ९१.६ प्रतिशत अर्थात् अधिकांश ४० वर्ष कमका छन् । जीवनको कुनै पनि बिन्दुमा ई–सिगरेट र भेप पिएका व्यक्तिलाई हृदयाघातको जोखिम १९ प्रतिशतले बढी देखिने १ लाख ७० हजारभन्दा बढी संलग्न र ४५ महिनासम्म फलोअप गरिएको अमेरिकन अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष ८० लाख, जसमा प्रत्यक्ष सुर्तीजन्य पदार्थको प्रयोगका कारण ७० लाखभन्दा बढी र आफूले नगरे पनि अन्यले धूमपान गरेका कारण उत्पन्न धूवाँले करिब १३ लाखको मृत्यु हुने गर्छ । दैनिक ७३ अर्थात् वार्षिक २७ हजार जनाको मृत्यु गराउने मन्दविष सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउन हरेक मुलुकलाई विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छ । जबकि नेपालमा आधाभन्दा कम ३३ प्रतिशत मात्र कर छ । श्रीलंकामा ७७, पाकिस्तानमा ६१, भारतमा ५८, बंगलादेशमा ७३ प्रतिशत कर तथा भुटानमा सुर्तीजन्य उद्योग नै छैनन् । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण राष्ट्रिय सञ्जालले गरेको अध्ययनमा करको दर ६५ प्रतिशतले बढ्दा मूल्य १८ प्रतिशतले बढ्ने, खपत १२ प्रतिशतले घट्ने र १७ अर्ब रुपैयाँसम्म थप राजस्व उठ्ने देखिएको छ । चीन, थाइल्यान्ड, फिलिपिन्स, ब्राजिल, फ्रान्समा शतप्रतिशत राजस्व बढ्दा ५० प्रतिशतसम्म उपभोक्ता घटेका छन् ।

स्वास्थ्य मन्त्रालयले १३ कात्तिक २०७१ मा निर्देशिका संशोधन गरेर कार्यान्वयनमा नआउँदै सुर्ती उद्योगीहरूले खारेजको माग गर्दे सर्वोच्चमा रिट दायर गरेका थिए । ४० पटकको पेसीपश्चात् रिट खारेज गर्दै परमादेश जारी भएको छ । नेपालमा वैशाखयता विद्युतीय चुरोट (ई–सिगरेट) निषेध गरिएको छ । यद्यपि, यसलाई व्यवहारतः लागू गराउन, सुर्तीमा कर बढाउन सबै सक्रिय हुन आवश्यक छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34