KFGVRFI34

पाँच प्रदेशमा बिहानैदेखि हल्का वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने सम्भावना

0

कोशीसहित बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकीका पहाडी भेगमा दिउँसो ठूलो पानी पर्ने सम्भावना छ ।
आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव  रहेको छ । बाँकी भू-भागमा स्थानीय वायु  आंशिक प्रभाव रहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34