KFGVRFI34

जंगली च्याउ खाँदा बझाङमा दुई बालबालिकाको मृत्यु

0

बझाङमा जङ्गली च्याउ खाँदा २ बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–६ नौराका ७ वर्षिया सञ्जिला कठायत र १२ वर्षिय सुदीप कठायत छन् ।

मंगलबार जंगलबाट ल्याएको च्याउ खाएर आमा पुनी कठायत र दुई बालबालिका बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि बिरामी बालिका सञ्जिलालाई डडेल्धुरा रिफर गरेको थियो। डडेल्धुरा पुर्‍याउन नपाउदै उनको बाटोमै मृत्यु हो।

डिएसपी भण्डारीका अनुसार सुदीपलाई पनि धनगढी ल्याउने क्रममा बिहिबार राती नै बाटोमा मृत्यु भएको हो। आमा पुनी कठायतको भने उपचार जारी छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34