KFGVRFI34

यी ६ फूलमा पाइन्छ औषधिय गुण, कुन फूलले पार्छ कुन रोग निको ?

0

तपाई हाम्रो घर आँगनमा कतिथरी फूल छन्। गुलाब, सायपत्री, चमेली लगायत अनगिन्ती । घरको शोभा हो, फूल। घरलाई आकर्षक देखाउनका लागि बार्दली, बगैंचामा फूल रोप्ने गरिन्छ। साथसाथै घरभित्र पनि फूल–विरुवा रोप्ने चलन छ। फूल देख्नसाथ हामी त्यसप्रति मोहित हुन्छौं । प्रकृतिको अनमोल देन हो यो । फूलसँग सौन्दर्य र सुगन्ध मात्र हुँदैन, औषधीय गुण पनि हुन्छ। ढकमक्क फक्रिएका फूलहरु देख्दा तपाईंलाई कस्तो हुन्छ ? त्यो भावनालाई तपाईं शब्दमा वायन गर्न सक्नुहुन्न। फूलहरुले स्वभाविक रुपमा हामीलाई खुसी र उमंग दिन्छ।

जब ढकमक्क फूलहरु देख्छौं, हामी आफैलाई भुलेर त्यसमा रमाउन थाल्छौं। यसैको खातिर त हामी आफ्नो घर आसपासमा फूलहरु रोप्छौं। फूलको वखान यतिमा मात्र सकिदैन। फूल हाम्रो मानसिक र शारीरिक स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ। मनलाई उमंगित बनाउन मात्र होइन, शरीरका आवरणलाई सुन्दर बनाउन पनि फूल उपयोगी हुन्छ। प्रकृतिको मोहक रचना हो, फूल।

अनि घरको शोभा पनि। फूलले हामीसँग खुसी र उमंग मात्र साट्दैन, स्वास्थ्य लाभ पनि दिलाउँछ। मन्दिरमा चढाउन होस् वा ओखतीको रुपमा प्रयोग गर्न, फूल उपयोगी हुन्छ। धेरै फूल यस्ता हुन्छन्, जहाँ स्वास्थ्य र सौन्दर्यको खजना लुकेको हुन्छ। त्यसमा फाइबर, क्याल्शियम, प्रोटिन, मिनरल्सको भण्डार हुन्छ, जसको जरुरी शरीरलाई हुन्छ।

सयपत्री: सयपत्रीसँग त हाम्रो भावनात्मक सम्बन्ध नै छ । जसै ढकमक्क सयपत्री फूल देख्छौं, हामीलाई तिहारको सम्झना हुन्छ । यसको सुगन्धले पनि हामीलाई तिहारको याद दिलाउँछ । दशैं–तिहारको छेकमा घर आँगन र बारीको कान्लाभरी सयपत्री ढकमक्क देखिन्छ । यो फूलले हामीलाई यसै लोभ्याउँछ ।

यो फूल औषधिय गुणले पनि भरिपूर्ण हुन्छ । गाउँघरमा यो फूल टिपेर सुकाउने पनि गरिन्छ । यसलाई लामो समय राखेर प्रयोग गर्न सकिन्छ । घाँटी दुखेको अवस्थामा सयपत्री फूल चपाउन दिइन्छ । साथै यसलाई तुलसीको पातसँग मिसाएर पेस्ट तयार गर्न सकिन्छ । छालाको रोग निको बनाउन यो पेस्ट उपयोगी हुन्छ ।

गुराँस: गुराँससँग पनि हाम्रो भावनात्मक नाता छ । खासगरी लाली गुराँस हाम्रो राष्ट्रिय फूल । नेपालको मध्यपहाडी बनपाखामा जताततै गुराँस पाइन्छ । चैत–वैशाखमा फूल्ने गुराँसले बनपाखा नै रमाइलो देखिन्छ । गुराँस थरीथरीका हुन्छन् । त्यसमध्ये पनि गुलावी र सेतो रंगको गुराँसमा औषधीय गुण हुने बताइन्छ । यसलाई सुकाएर लामो समयसम्म राख्न एवं प्रयोग गर्न सकिन्छ । गुराँसको फूलबाट विभिन्न पेय पनि तयार गर्न सकिन्छ । रक्तचाप कम गर्नदेखि रगतको मात्रा बढाउन समेत यसको सेवन गर्न सकिन्छ ।

गुलाब: धेरैको प्रिय फूल हो गुलाब । अधिकांशको घरमा गुलाब रोपिएको हुन्छ । गुलाब पनि थरीथरीका हुन्छन् । गुलाबको गुण त धेरैलाई थाहा नै छ । खासगरी अनुहारको सुन्दरताको लागि गुलाबको प्रयोग गरिन्छ । गुलाब जल बनाएर अनुहारमा लगाउँदा त्यसले छालामा चमक ल्याउने र मुलायम बनाउने गर्छ । विभिन्न सौन्दर्य प्रशाधनमा पनि गुलाब जल प्रयोग गरिन्छ । आँखाको जलन वा छालाको संक्रमण कम गर्न पनि गुलाब प्रयोग गर्न सकिन्छ । गुलाबको फूलबाट सर्वत बनाएर पनि पिउन सकिन्छ ।

जवा कुसुम: यो पनि सर्वप्रिय फूल हो । कसैले यसले घण्टी फूल पनि भन्छ । यस फूलको विशेषता के भने जुनसुकै ऋतुमा पनि यो ढकमक्क फूल्छ । जवा कुसुम रातो, गुलाबी, पहेंलो, सेतो, बैजनी थरीथरी रंगमा फूल्छ । यो फूल हेर्दा जति सुन्दर हुन्छ, उत्तिनै औषधीय गुणले भरपुर पनि जवा, कुसुमले कोलेस्ट्रोल, मधुमेह, उच्च रक्तचाप आदि नियन्त्रणका लागि सहयोग गर्छ । यो भिटामिन सि, क्याल्सियम, आइरनको स्रोत हो ।

बेली: यो निकै सुन्दर फूल हो । गर्मीको याममा फूलने यो एकदमै सुगन्धित फूल हो । यो फूलले छालाको चमक बढाउन र छालाई सुगन्धित बनाउन उपयोग गरिन्छ । नुहाएको बेला यसलाई पानीमा मिसाउने गरिन्छ।चमेली: अत्यान्तै सुगन्धित फूल हो चमेली । यो फूल हेर्दा जति लोभलाग्दो हुन्छ, उत्तिनै गुणी पनि । चमेली फूलबाट बनाइएको तेलले छालाको रोग, दाँतको रोग, घाँउ खटिरा आदि निको बनाउँछ । छाला र कपालको सौन्दर्यका लागि पनि चमेली निकै उपयोगी हुन्छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34