KFGVRFI34

चट्याङ लागेर ४ जनाको मृत्यु

0

देशका विभिन्न स्थानमा डुबेर तथा चट्याङ लागेर कम्तीमा ४ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ सोलीघोप्टे बस्ने १५ वर्षीय रविन बुढाको सोही ठाउँस्थित पानीको खाल्डोमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता बाँकेको नेपालगंज उपमहानगरपालिका-२० पश्चिम तिलकपुरस्थित डुडुवा खोलामा डुबेर सोही ठाउँ बस्ने शम्सेर थापाको छोरा १२ वर्षीय रिजन थापाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भन्ने खबर प्राप्त हुनासाथ खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।

त्यस्तै कैलालीको लम्की चुहा नगरपालिका-५ तिलकपुर बस्ने ४० वर्षीया पुष्पा ढकालको सोही नगरपालिका-१ स्थित रोडा खोलामा डुबेर शनिबार मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यता गुल्मीको मालिका गाउँपालिका-२ दर्लिङ बस्ने ६० वर्षीय हिराबहादुर घर्ती रोकाको चट्याङ लागेर शनिबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ्ग लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र हुँदै जिल्ला अस्पताल तम्घासमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

Hamroo patro

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34