KFGVRFI34

अर्घाखाँचीको मालारानीमा चट्याङ लागेर १ जनाको मृत्यु , ४ जना गम्भीर घाइते

0

भावना मगर,अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका ९ मा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन । सोमबार दिउँसो गोखुङ्गाको लादेकापोखरामा चट्याङ लागेर गम्भीर घाइते भएका २० वर्षिय मिलन खनालको उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्कमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । यस्तै गम्भीर घाइते हुनेमा लिलबहादुर पुन,चन्द्रबहादुर पुन,दामोदर खनाल र जेमबहादुर पुन रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिए। घाइते मध्ये केहिको सन्धिखर्ककमा उपचार भैरहेको र केहीलाई बुटवल रिफर गरिएको उनले बताएका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34