KFGVRFI34

दात किराले खानबाट कसरी जोगाउने बालबालिकाको : हेर्नुहोस्

0

दाँत नउम्रेसम्म हरेक पटक स्तनपान बोतल फिडिङ वा खानेकुरा खाएपछि नरम सफा भिजेको कपडाले गिजा सफा गरिदिनुपर्छ ।

६ महिनापछि दुध बाहेकका पेय पर्दाथ बोतलबाट भन्दा कपबाट खाने बानि बसाल्नुपर्छ ।

१ बर्ष भन्दा कम उमेरका लागी फुट जुस नखुवाउनु राम्रो हुन्छ । १ देखि ३ बर्षको लागी १२० एमएल ४ देख ६ बर्षको लागी १५० इमएल ७ बर्ष भन्दा माथिको लागी २५० एमएल दैनिक खानुपर्छ ।

दाँत आइसकेपछि दिनको २ पटक फ्लोरिडेटेड दाँतपेस्टले सफा गर्ने बानि लगाउनुपर्छ ।

गुलियो पेय पदार्थ, क्याडि, स्र्पोट ड्रिंक बालबालिकालाई खुवाउनुहुदैँन ।

सफा पेसिफर प्रयोग गर्ने, त्यसलाई मह चिनिमा डुबाउनुहुदैँन ।

बेलुकाको दुध पुरा सकेर मात्र बच्चालाई सुताउनुपर्छ ।

खुवाउने भाडा चम्चा बच्चाहरुमा सेयर गर्नुहुदैँन ।

पहिलो जन्मदिनमा डेन्टिस भिजिट गराउनुपर्छ । त्यसपछि ६ महिनामा फलोअपलाई गइरहनुपर्छ ।

बच्चालाई टुथपेस्ट कहिले देखी र कती ?

पहिले १-२ वटा दाँत आएपछि बच्चालाई टुथ पेस्ट राखेर ब्रस गराउन मिल्छ । तर टुथ पेस्टको मात्रा एकदम थोरै चामलको दाना जति मात्र हुनुपर्छ ।

३ देखि ६ बर्षसम्म टुथ पेस्टको मात्रा केराउको गेडा जत्रो मात्र हुनुपर्छ ।

२ भन्दा मुनिका बालबालिकाको अभिभाबकले दाँत माझि दिनुपर्छ । २ देखि ६ बर्षसम्म अभिभाबकले दँँत माझिदिने वा निगरानीमा माझ्न लगाउनुपर्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34